बुद्धजन्म स्थल लुम्बिनीको सर्बाङ्गीण बिकासका लागि सक्दो सहयोग गर्ने ः प्रमुख चौधरी

sajha
प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार १५:२३

यति बेला बुद्धजन्म स्थल लुम्बिनीको सर्बाङ्गीण बिकासका लागि बिश्वको ध्यानाकृष्ट भईरहेको बेला लुम्बिनी भ्रमण बर्ष समेतको घोषणा भईसकेको अवस्थामा लुम्बिनी साँस्कृतिक नगरपालिकाको दायित्व बारे मेयर मनमोहन चौधरी र पत्रकार बिन्दु कुमार चौहान बीच संक्षिप्त बार्ता

१ नगरपालिकाको गतीविधि कसरी अगाडी बढेको छ ?
नगरपालिकाको नियमित कार्यक्रम र नगर परिषद्बाट पारित वार्षिक योजनाहरु आर्थिक विकास, पूर्वाधार विकास तथा सामाजिक विकासका योजनाहरु जनसहभागितामा गुणस्तरिय कार्यका साथ नगरपालिका र नगरवासीको आधारभूत आवश्यकतालाई ध्यानमा राखी कार्यहरु हुँदै आएका छन् । नगरपालिकालाई संस्थागत र सवल बनाउनलाई आवश्यक स्थानीय ऐन, कानून निर्माण गरिएको छ । सो ऐन नियमलाई कार्यान्वयन र संघीयताको अभ्यासका साथ हामी अगाडी बढेका छौं ।

२ लुम्बिनी माथि विश्व जगतको ध्यान पुगेको हुँदा तपाईको योजना के छन ?
यसमा हजुरले भने जस्तै हो लुम्बिनीमा विश्व जगतको ध्यान छ मैले पनि महसुस गरेको छु, तर सो ध्यानलाई हामिहरुले बुझेर विश्व जगतसँग समन्वय सहकार्य वुद्ध जन्मस्थलको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारको कमी छ । तसर्थ यो अवस्थाबाट मुक्त भई लुम्बिनीको विकास र समृद्धिका लागि मेरो र नगरपालिकाको विशेष पहल रहेको छ ।
जसमा अन्तराष्ट्रिय स्तरमा नगरपालिकासँग सह सम्बन्ध, भगिनी सम्बन्ध, विकास, प्रविधि र अनुभवको आदान प्रदान र नयाँ सिकाईका लागि आवत जावत आदी कार्य हामीले अगाडी बढाई सकेका छौं । जसमा भारत, चिन, स्पेन आदी मुलुकहरु भईसकेको छ यसै गरी अन्य देश सँग पनि सम्बन्ध विस्तारलाई प्राथमिकता राखिएको छ ।

३ तपाई आफ्नो कार्यकाल भित्रै नेपालको उत्कृष्ट नगरपालिका बनाउने पटक पटक प्रतिवद्धता जनाएपनि विकास सबैभन्दा पछाडी छ किन ?
हो उत्कृष्ट नगरपालिका बनाउने मेरो सोच र चाहना हो तर यो नगरपालिका विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचिमा सूचिमा सूचिकृत भएको महत्वपूर्ण भूमि हो र यसर्थ हाम्रो नगरपालिका आफैमा उत्कृष्ट छ ।
यस क्षेत्रको सर्वाङ्कीण विकासका लागि हामीले राम्रो योजना र कार्यक्रम सरोकारवाला सँग समन्वय सहकार्य जरुरी छ नगरवासीलाई विकासमा सहभागीता सघियताको मर्म अनुसार सेवा सुविधा दिनु जरुरी छ यसमा मेरो पनि चाहना छ, रह्यो कुरा हामी यो महत्वपूर्ण स्थान हुँदा हुँदै पनि हाम्रो यो हिरालाई हिरा हो भनेर स्थानीय समुदाय, अन्तराष्ट्रिय जगत स्वयम् नगरपालिका टिम, प्रदेश सरकार, संघीय सरकारले नबुझेको नबुचmाइएको र आत्मसाथ नगरेको कारण सोचेजस्तो भनेजस्तो हुन सकेको छैन तैपनि सिमित स्रोतका बावजुत हामीहरु उत्कृट नगरपालिकालाई थप उत्कृष्टता कायम गर्न लागेका छौं । यसको लागि स्मार्ट सिटिको योजना, पर्यटन अन्य क्षेत्रको विकासको लागि अन्तराष्ट्रिय सम्बन्ध विस्तार समन्वय सहकार्य वौद्ध धर्मालम्बीहरु, स्थानीय समुदाय होटल व्यवसाय, पर्यटन व्यवसायी, सरोकारवाला संघ संस्था सरोकारवाला सबैसँग समन्वय सहकार्य सहयोगलाई प्राथमिकतामा राखी काम भईरहेको र भविष्यमा पनि यसलाई प्राथमिकतामा राखी काम गर्ने योजना रहेको छ ।
तर हामी नयाँ नगरपालिका भएको र नयाँ संरचना संघीयताको अभ्यासमा भएको हुँदा सिमित साधन स्रोत साधनका ९मानविय र भौतिक स्रोतको कमी० कारण नगरपालिकाबाट प्रदान हुने कार्यलाई छिटो छरितो र सरल रुपमा सेवा ग्राहीलाई सेवा दिन सकेका छैनौं तैपनि प्राप्त स्रोत साधनलाई अधिकतम परिचालन गरी कार्य गरी रहेका छौं । लुम्बिनी नगर क्षेत्रको विकासका लागि आम नागरिक सम्पूर्ण नगरवासी, सम्बन्धित निकाय लुम्बिनी विकास कोष, प्रदेश सरकार, संघीय सरकार र अन्तराष्ट्रिय जगतलाई यो महत्वपूर्ण भूमिको समृद्धिको लागि थप चासो र आवश्यक स्रोत साधन, सहयोग उपलब्ध गराउन अनुरोध गर्दछु किनकी लुम्बिनी साँस्कृतिक नगरपालिका नेपालकै संस्कृति दर्शाउछ लुम्बिनीको विकासले देशको पर्यटन र आर्थीक विकास हुन सक्छ यो मेरो बुझाई छ ।

४ तपाईको पटक पटक विदेश भ्रमणबाट नगरपालिका र नगरवासीलाई के उपलब्धि भएको छ ?
हजुरले भनेजस्तो पटक पटक विदेश भ्रमण त होईन एउटा नगरपालिकाको जिम्मेवार मेयर भएको नाताले नगर र नगरवासीको विकासको लागि उपयुक्र्त ठाउँको विदेश भ्रमण भएको हो । मनमोेहन चौधरी होईन यस लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयर गएको हो । हामी विश्व सम्पदा सूचिमा सूचिकृत पवित्र शान्ति भूमिका वासिन्दा हौं, यो कुरा माथि पनि आएको छ । विश्वको नजर प्राथमिकतामा परेको नाता र यस नगरपालिकाको अन्राष्ट्रिय जगतसँग सम्बन्ध विस्तार गरी लुम्बिनीको पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा खेलकुदको विकासमा समन्वय सहकार्य आर्थिक प्राविधिक र अनुभवको आदान प्रदान गर्ने उदेश्यका साथ चिन, स्पेन र अन्य युरेपियन राष्ट्रको भ्रमण म र मेरा कर्मचारीहरुबाट भएको छ । भ्रमण गरेका देशहरुको विकास र सभ्यताले म मोहित भएको छु । हामी हाम्रा प्राकृतिक स्रोत साधन महत्वपूर्ण स्थान ९धार्मिक साँस्कृतिक प्राकृतिक० जो हामिले चिन्न नसकेको मैले महसुस गरेँ । हाम्रो सिस्टम कमजोर र फितलो छ यसमा सुधार गर्नको लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सोचमा परिवर्तन हुनु जरुरी छ । हामी आफ्नो भूमि वाँझो राख्छौ, अर्काको भूमिबाट उत्पादिन खाद्यन्न किनेर खान्छौं । आफ्नो पानी खेर फाल्छौं अर्कासँग मागेर किनेर खान्छौं ।

हाम्रो जनता जनप्रतिनिधिहरुप्रति आशावादी, जनप्रतिनिधि आफूभन्दा उपल्लो तहको नेतृत्व प्रति आशावादी, स्थानीय कर्मचारी प्रदेश कर्मचारी केन्द्रको निर्देशनको प्रतिक्षामा वस्ने परम्परागत ढंगले चल्ने हुँदा नयाँ संरचना संघीयताको कानून र मर्मलाई लागू गरी कार्यसम्पादनमा चुस्त र सरलता प्रदान हुन नसकेको अवस्था छ । भनाई मोलाईजा प्रति ध्यान दिँदा सम्पादित योजना एवं कार्यहरु गुणस्तरिय नहुनु र समयमा सम्पन्न नहुनु दुखको कुरो हो । मैले भ्रमण गरेका चिन र युरोपका जनता राज्यप्रति र राज्य जनताप्रति उत्तरदायी भएर आ–आफ्नो भूमिका निर्वाह गरेको हुँदा विकसित राष्ट्रमा पुग्न सकेको मैले पाएँ, यो हुनुमा राज्यले जनतालाई औघि माया गरेको छ जसको उदाहरण शिक्षा र स्वास्थ्यमा राज्यको पूर्ण लगानी छ अन्य सेवा सुविधा प्राप्त भएका छन् जनताको चाहाना र आवश्यकता अनुसार योजना बनाईएको छ । राज्यले भन्दा पनि बढी माया जनताले राज्यलाई गरेको देखिन्छ । राज्य यो चाहन्छ कि बिरामी भएर अन्तीम अवश्थामा पुगेको नागरिकलाई १ मिनेट, १ घण्टा, १ दिन, १ वर्ष भए पनि बढी बाच्नु पर्छ भनी लगानी गर्दछ साथै व्यवसायिक र सिपमुलक, रोजगारमुलक शिक्षा आदीले राज्य सम्पन्न छन् । नागरिक पनि राज्य बलियो हुनु पर्छ राज्यलाई बलियो बनाउनु पर्छ राज्य बलियो भए पछी मात्र हामी बलियो हुन्छौ भनेर लागेका छन् लागीरहेका छन् । तसर्थ हामी राजनितीकर्मी, राष्ट्रसेवक कर्मचारी, आम नागरिक सबैको मानसिकतामा आमुल परिर्वतन हुन जरुरी छ तब मात्र गाँउ, वडा, गाँउपालिका, नगरपालिका महानगरपालिका र देश बन्न सक्छ ।

हामी देश बन्नु पर्छ भन्नु भन्दा पनी व्यक्ति बन्ने तर्फ उन्मुख भई काम गरेउ मेरो बुझाई हो यहाहरुको के बुझाई छ रु विदेशलाई हेर्दा विदेश भन्दा हामी धेरै कुरामा सम्पन्नता छ हामीलाई प्राकृतिले सम्पुर्ण चिज दिएको छ तर हामी माल पाएर चाल नपाएको अवश्थामा रहेछौं हामीले हाम्रो देशको कृषि, जल, प्राकृतिक स्रोत, वन जंगल, खनिज, उर्वरा भूमि आदी चिन्न सके सो अनुसार योजना निति निर्माण गर्न सके विदेशीको अनुभव र प्रविधि सहयोग लिए पुग्छ हामी पनि विकसित राष्ट्रमा पुगी विदेशका राष्ट्रमा हामी पनि आर्थीक सहयोग गर्न सकछौं । म यो भन्न चाहान्छु नगरपालिका, जिल्ला र देश विकासको लागी कुनै एक जनप्रतिनिधि वा कुनै नागरिक लागेर मात्र हुने होइन हामी आम नागरिक, जनप्रतिनिधि, कर्मचारी, आआफनो ठाँउ बाट सकरात्मक रुपमा लाग्नु पर्छ राज्यलाई सहयोग गर्नु पर्छ । विदेशमा राजमार्ग सडकमा घर छैन सडक व्यवस्थित छन् सडक संरक्षण र व्यवस्थित गर्न जनताको साथ र सहयोग छ । हामी हाम्रो सडक अतिक्रमण गरी घर बनाउछौं, भैरहवा लुम्बिनी सडक हेर्नु बस्ती विकास भएको छ यो भोली ठुलो समस्या हुने छ , विदेशी ५०० बर्ष पछाडीको योजना बनाउछन । हाम्रो १० बर्ष पनि चल्दैन भैरहवा लुम्बिनी सडक १० बर्ष पहिला निर्माण गरिएको थियो अहिले विस्तारको लागी फेरी भत्काएर निर्माण गरिदै छ १० बर्ष अगाडी नै अहिलेको आवश्यकता अनुसार निर्माण गर्नु पर्ने यो अहिलेको निर्माण १५ २० बर्ष पछि भत्काउनु पर्ने हुन्छ यी अदुरदर्शि योजना काममा लापरबाही सोर्स फोर्श हामीकोमा बढी चल्छ यसले गर्दा हामीकोमा प्रशस्त सम्भावना हुदाँ हुदै पनि गुणस्तरिय सफलता लिन सकेका रहेनछौ भन्ने कुरा मैले विदेश भ्रमणबाट अनुभव प्राप्त गरे तर के गर्नु एउटा मेयर र म एकलै बुझेर मात्र हुदैन् केन्द्र देखी स्थानिय स्तरले सम्म त्यसमा पनि जनप्रतिनिधिले मात्र होइन राष्ट्रसेवक कर्मचारी आम जनसमुदायले बुझनु जरुरी छ सो अनुसारको सहभागिता र सहयोगको आवश्यकता छ ।

विशेषत नगरपालिकाको विदेश भ्रमणबाट भएका उपलब्धिहरुः
म आफैं धेरै कुरा जान्न र सिक्न पाए यो सिकाई नगर र नगरवासीको विकासका लागी सहयोग पुग्ने छ ।
।चीनको कुफु।नगर सँग सहसम्बन्ध कायम भएको छ चिनमा म र मेरो नगरपालिकाको कर्मचारीको भ्रमण भएको छ भने चीनबाट पनि लुम्बिनी साँस्कृतिक नगरपालिकाको भ्रमण भएको छ यसले हामीमा एक खालको सम्बन्ध र सहयोग, अनुभवको आदानप्रदान भएको छ आउँदा दिनमा आर्थीक प्राविधिक सहयोग लिन पुग्ने छ ।
स्पेन माड्रिड महानगरपालिका सँग सह सम्बन्ध÷भगिनी सम्बन्ध कायम भएको छ यसले आर्थिक प्राविधिक र अनुभवको आधान प्रदान गर्न सहयोग पुग्नेछ ।
स्पेनको कृषि प्रविधि लुम्बिनीमा भित्राउन पहल भएको छ यसले कृषि रोजगारीमा सहयोग पुग्ने आशा रहेको छ ।
स्पेन माड्रिड महानगर र युरोपियन लगानीकर्ताहरुबाट लुम्बिनीमा स्वास्थ्य क्षेत्रमा लगानीका लागि पहल भएको छ जहाँसम्म होला आशा गरौं हाम्रो तर्फबाट अधिकतम प्रयास भएका छन् । यो पहल हो फेरी यो नभन्नु कि तैलै गर्छु भनिको थिईस भनेर सबै पहल र प्रयास सफल हुन्छन् भन्ने छैन ।
गैर आवसिय नेपाली संघ ९ल्च्ल्ब्० र बुद्ध लुम्बिनी गुप्र जस्ता राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहुँच भएका सँघ संस्था सँग हाम्रो सम्बन्ध जोडिएको छ । जोड्न आवश्यक भूमिका खेल्यौं यसले बुद्ध जन्मस्थल लुम्बिनी साँस्कृतिक नगरपालिकाको अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र पर्यटक भित्राउन अन्तराष्ट्रिय लगानी भित्राउन सहयोग पुग्नेछ ।
पहिलो कुरा त सम्बन्ध स्थापित गर्नु हो यो खालको सम्बन्ध अन्य देशसँग पनि कायम गर्ने हाम्रो योजना छ ।

५ लुम्बिनीको विकासमा पर्खाल वाहिरको लुम्बिनी र प्रकास भित्रको लुम्बिनी आकास पातालको फरक छ तपाई यसलाई कसरी पुर्नुहुन्छ ?
हो, राम्रो प्रश्न गर्नुभयो यो अवस्था छ यो अवस्थामा सुधार र विकासमा म र नगरपालिकाले मात्र गरेर चाहेर हुने होईन । यस महत्वपूर्ण शान्ति भूमि विश्व सम्पदामा सूचिकृत स्थानको समग्र विकासका लागि यसको राष्ट्रिय अन्तराट्रिय महत्वको हिसाबले पनि संघीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष र नगरपालिकाले संयूक्त रुपमा समन्वय, सहकार्य गरी विशेष ध्यान दिई राम्रो योजनाका साथ अगाडी बढन जरुरी छ । लुम्बिनी विकास कोषमा स्थानीय सरकार ९नगरपालिका० को नीतिगत र संस्थागत भूमिका हुनु अति आवश्यक छ यसको लागी संघीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोषलाई विशेष अनुरोध गर्दछु । ् लुम्बिनी विकास कोषले पर्खाल भित्रलाई मात्र महत्व दिई योजना र कार्यक्रम बनाउनु हुदैन पर्खाल बाहिर भित्र नगरपालिकाको समन्वय सहकार्यमा पर्खाल बाहिरको विकासका लागी सकरात्मक रुपमा लाग्नु पर्दछ नगरपालिकाले पनि सो अनुसारको भूमिका निर्वाह गर्ने छ । स्थानिय सरकार स्थानिय सरकार भन्ने स्थानिय सरकारको लुम्बिनी विकास कोषमा भूमिका नहुनु दुखद हो लुम्बिनी विकास कोषमा नगरपालिकाको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्नु हुदैन ।
कोष र स्थानीय बीचको खाडल पुर्नका लागी तपाई के कस्ता प्रयास गर्नुहुन्छ रु
लुम्बिनी विकास कोष भित्रको भूमि लुम्बिनी बासीको हो लुम्बिनीबासीको संरक्षणमा रहेको सो भुमिक् लुम्बिनीबासीले प्रदान गरेको हुदाँ स्थानिय त्याग र लगानीलाई ध्यानमा राखी विश्वशान्ति भूमि लुम्बिनीको महत्व, स्थानियको भूमिकालाई बुझाई कार्यक्रम र अवसरमा स्थानियको सहभागीता जरुरी छ ।
माथि पनि भनिसके दोहोराउन चाहन्छु पहिलो कुरा लुम्बिनी विकास कोषमा नगरपािलकाको संस्थागत र नीतिगत रुपमा सहभागिता स्थापित गर्नु पर्छ ।
बुद्ध र बुद्ध जन्मभूमि, विश्व शान्तीको मुहान, विश्व सम्पदा भित्र सुचिकृत स्थानको महत्व लुम्बिनीबासी आम समुदायलाइ बुझाउनु पर्दछ । समुदायले बुझे मात्र लुम्बिनीको विकास र संरक्षण हुन सक्छ । अहिले यो अवस्था छैन ।
लुम्बिनी विकास कोषले पनि नगरपालिकाको महत्व र भुमिकालाई ख्याल गरी समन्वय सहकार्यका साथ लुम्बिनीको विकासमा पर्खाल भित्र मात्र लुम्बिनी होइन भन्ने कुरा बुझनु पर्छ सो अनुसारको योजना र कार्यक्रम बनाउनु पर्दछ ।
लुम्बिनी विकास कोषमा प्राप्त हुने पर्यटन शुल्क र अन्य शुल्क लुम्बिनी साँस्कृतिक नगरपालिकालाई ५० प्रतिशत पाउनु पर्छ । यसको लागी संघीय सरकार, प्रदेश सरकार, लुम्बिनी विकास कोष, सरोकारवाला र आम समुदाय सबै सँग विशेष अनुरोध गर्दछु ।
म र नगरपालिकाले पनि समन्वय सहकार्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं । हाम्रा केही कमी कमजोरी भएमा सुधार गरी काम गर्न हामी तयार छौं सुधारको लागी यहाहरु लगायत आम नागरिक, सरोकारवाला र लुम्बिनीको विकासमा सहयोग पुरयाउनु हुने शुभचिन्तक शुभच्छुक सबैमा सुझाव र सल्लाहाको लागी अनुरोध र अपेक्षा राख्दछु ।

६ अन्तमा तपाईको भनाई ?
लुम्बिनी भगवान गौतम बुद्ध जन्मस्थल विश्व सम्पदामा सुचिकृत स्थान यसको महत्व बुझि लुम्बिनी र रुपन्देहीको समग्र विकासका लागी समन्वय सहकार्यका साथ हामी सम्पुर्ण सरोकारवालाले सकरात्मक सोचका साथ अगाडी बढनुपर्छ यसका लागी हामी सँगबाट भएका गल्ती कमजोरी सुधार गरौं विरोधको लागी विरोध गर्ने परिपाटीको अन्त्य गरौ, लुम्बिनीको विकासको सबैले आआफनो ठाँउबाट सक्दो भूमिका निर्बाह गरौं जनप्रतिनिधिलाई सहयोग गरौ नराम्रा काम कार्यको विरोध गरौं ।
यस लुम्बिनी साँस्कृतिक नगरपालिका नयाँ नगरपालिका भएको गाँवै गाँउले भरिएको हुदाँ र नयाँ अभ्यास संघियतामा आएको हुदाँ आवश्यक स्रोत साधनको कमी ९मानविय तथा भैतिक० स्रोतको कमीले गर्दा प्रभावकारी र छिटो छरितो सेवा प्रदानमा समस्या भएको छ तैपनि सिमित स्रोत साधनका बिचमा पनि नगरपालिकालाई संस्थागत व्यवस्थित र सेवाग्राहीलाई सजिलो छिटो छरितो सरल तरिकाबाट सेवा दिनलाई भएको स्रोत साधनलाई अधिकतम परिचालन गरिएको छ विभिन्न उपाय अबलम्बन गरिएको छ जनताको चाहना र विद्यमान ऐन कानून अनुसार जनतालाई सेवा दिन हामी तत्पर छौं । हाम्रा समस्या नगरपालिकाको अवश्थालाई तपाई लगायत आम समुदाय मेरा मतदाता सबैले बुझन जरुरी छ । बिश्वमा लुम्बिनीको संस्कृति झल्काउन नगरपालिकाको एक वडा एक पहिचान कार्यक्रमको प्रचार प्रसार सुधार गर्नु पर्ने भएमा सुझाव, सल्लाह र सहयोगको अपेक्षाका साथ सबैमा अनुरोध गर्दछु ।


११ श्रावण २०७६, शनिबार १५:२३ मा प्रकाशित

 

Loading…