भारतमा भएको सडक दुर्घटनामा चौविस मजदूरको मृत्यु

sajha
प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार ०९:२७

 ईसाझा न्यूज
भारतको उत्तर प्रदेशमा पर्ने औरैया जिल्लामा दुई ट्रक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा २४ जना मजदूरहरूको मृत्यु भएको छ भने थप केही मजदूर घाइते भएका छन् ।

राजस्थानबाट उत्तर प्रदेशतर्फ गइरहेका मजदूरहरू दुर्घटनामा परेका हुन् । घाइतेहरूको नजिकको अस्पतालमा उपचार भइरहेको भारतीय मिडियाहरूले जनाएका छन् ।

बताइएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले घटनास्थलको अवस्थाबारे जानकारी लिँदे समयमै पुगेर उद्धार र पीडितलाई सबैखाले राहत प्रदान गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएका छन् ।

औेरैयाका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार मृतक मजदूरहरू बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् ।


३ जेष्ठ २०७७, शनिबार ०९:२७ मा प्रकाशित

 

Loading…