पाकिस्तानी विमान दुर्घटना

एजेन्सी : पाकिस्तान अन्तरर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए थ्री ट्वान्टी को एयरबस शुक्रबार कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । विमानमा ९९ यात्रु र ८ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।
पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।
विमान दुर्घटना हुँदा कति मानिसको मृत्यु भएको भन्ने पुष्टि हुन सकेको छैन ।
९ जेष्ठ २०७७, शुक्रबार १८:०१ मा प्रकाशित