भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला प’क्राउ सो घरबाट ६ वटा क्यामेरा बरामद

sajha
प्रकाशित मिति: ११ जेष्ठ २०७७, आईतवार ०१:२६

भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला प’क्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा लगाउँदा फु’टेपछि गोप्य क्यामेरा फेला पारेकी थिइन् । सकेट भित्तामा गोप्य रुपमा लुकाएर राखिएको थियो ।

यो कुरा सँगै बस्ने अर्की युवतीकोमा पनि पुग्यो र घट’नाबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले ४५ वर्षीया घरवाला सञ्जय भनिने संपत कुमारलाई प्रहरीले प’क्राउ गरि जेल पठाएको छ । उनको घरमा केही महिलाहरु भाडामा बस्ने गर्छन् । उनीहरुको उ’जुरीको आधारमा पुगेको प्रहरीले घरको खानतलाशी लिएको थियो । प्रहरीले सो घरभित्र अन्य केही गो’प्य क्यामेरा पनि फेला पारेको छ ।

प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’

प्रहरीले सो घरबाट ६ वटा यस्ता क्यामेरा बरामद गरेको जानकारी दिएको छ । प्रहरीले भनेको छ, ‘यो क्यामेरा पछिल्लो १५ दिनदेखि प्रयोग भइरहेको थियो । घरवालाले धेरैतले घरको एक तला भाडामा लगाएका थिए ।’ उनीमाथि आईटीएक्ट तथा महिला हिं’सा रोक्नका लागि बनेको अधिनियमअनुसार मु’द्दा दर्ता गरिएको छ । प्रहरीले घट’नाबारे छानविन जारी रहेको जनाएको छ ।

पुरुषले ध्यान दिनुपर्ने महिलाका १० कुरा ! पुरा पढ्नुहोस्…

विवाह र्यथात प्रेम वा मित्रताका लागि महिला र पुरुषका फरक फरक धारणा हुने गर्दछन् । जसका कारणले उनीहरु एकअर्काका विषयमा जान्न र नजिक हुन अनेकौं प्रयत्न गर्छन् । तर एकले अर्कालाई बुझ्न नसक्दा दुबैको निकटतामा बाधा उत्पन्न हुन्छ ।

यी १० कुरामा ध्यान दिन सके सम्बन्ध बलियो र दिगो हुनसक्छ ।
-उपहार पाउनु सबैको मन पर्ने बिषय हो । अझ महिलालाई गिफ्ट दिएको साह्रै मनपर्छ । तर गिफ्ट दिँदा दिने व्यक्तिले पूर्व घोषणा नगरी सरप्राइजका रुपमा आफ्नो मनले छानेर दिएको गिफ्टले उनीहरुको मन जित्न सकिन्छ ।

-महिलालाई आफ्नो परीवार वा आफन्तसँग भेटघाट गराएको र सम्बन्धलाई प्राथमिकता दिएको कुराले चाँडै छुन्छ । अझ महिलाका परिवारलाई आदर गरिदिउन् भन्ने उनीहरुको चाहना हुन्छ ।

-महिलालाई शं*का गरेको मन पर्दैन । — मतलब उनीहरुको गलत क्रियाकलापमा शं-का नगर्नुस् भन्ने होइन । तर कुनै विषयमा नाम जोडर लगाइएका आ-रोप र गरिएका आ-शंकालाई महिलाले सहन सक्दैनन् ।

-महिलालाई उनी प्रति तपाईले गरेको माया देखाउनुपर्ने हुन्छ, बोलेर, लेखेर वा देखिने गरी । त्यसैले उनीसँगको सामिप्यता र प्रेम बढाउन कुनै यस्तो काम गर्नुस् जसका कारण उनले तपाईको प्रेम महशुस गर्न सकुन् ।

-महिलालाई किनमेल गर्न असाध्यै मनपर्छ । त्यसैले उनीहरु थोरै खर्च भएपनि बजारमा छानीछानी सामान किन्न रुचाउँछन् । अधिकांश बार्गेनि¨ गर्दै सामाग्री किन्नु र हातभरी झोला बोकेर घर फर्कनु एक किसिमले महिलाको चाहाना नै हो भन्दा फरक पर्दैन ।

– महिलासँग भेट हुँदा उनीहरुको कुरा सुन्न प्राथमिकता दिने र उनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने पुरुष महिलाको पहिलो छनौट हुन् ।

-महिलाका लागि आफ्नो आत्मसम्मान अति नै प्यारो हुन्छ । जसलाई उनीहरु कुनै पनि सम्झौता गर्न चाहँदैनन् । त्यसैले महिलालाई खुशी मिल्ने विषयमा पुरुषले रोकेको छेकेको विषय उनीहरुले बाहिरी रुपमा पालना गरे पनि भित्रि रुपमा भने दुखी हुन्छन् ।

-अधिकाशं महिलालाई बलिष्ठ र सुगठित शरिर भएका पुरुष मनपर्छ । तर उनीहरुमा महिलालले बौद्धिकता पनि खोज्दछन् । अझ आफ्नो कर्तब्य र जिम्मेवारी निभाउने पुरुष प्रथम रुचीमा पर्दछन् ।

-नियमित रुपमा सम्भव नभए पनि कहिलेकाहि महिलाका गुनासोहरु सुनिदिने गर्नुपर्दछ । यसबाट उनीहरुको मनको बोझ हल्का हुने गर्दछ । अन्यथा कुनै बिषयमा मन दुखेको कुरा सुन्न वा त्यसको समाधानतर्फ लाग्नु भएन भने उनीहरु टुट्ने गर्दछन् ।

-केही पुरुषहरु आफ्नो बढाईचढाई गरेर कुरा गर्छन्, जो महिलालाई फिटिक्कै मन पर्दैन । महिला साचो सुन्न सक्छन्, झु-टो सहन सक्दैनन् । कुरा गर्ने पुरुष भन्दा आफूलाई साँचो माया र हेरचाह गर्ने पुरुषका लागि उनीहरु सबै त्याग्न सक्छन् । एजेन्सी

योपनि- को थिए भगवान शिवका मातापिता ?
हिन्दु धर्म ग्रन्थमा भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेशलगायत विभिन्न नामबाट पुकार्ने गरिन्छ । यतिमात्र होइन उनलाई तन्त्र तथा साधनामा भैरवको नामबाट समेत चिनिन्छ ।

शास्त्रमा उल्लेख भएअनुसार, भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । तर के तपाईलाई भगवान शिवका मातापिता को थिए ? यो बिषय धेरैको जिज्ञासा हुनेगर्छ ।

श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एउटा कथा उल्लेख गरिएको छ । देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्यो भन्ने प्रश्न राखेका थिए ।

साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए । त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए । यसको मतलवबाट दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् । एजेन्सी


११ जेष्ठ २०७७, आईतवार ०१:२६ मा प्रकाशित

 

Loading…