भेटिएर छुट्नुभन्दा…

sajha
प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार ०७:३७

हरि थापा

बाई डियर ! आई विल नेभर कम ब्याक अगेन।

सूर्य उदाइ रहँदासम्म उदाउनुको महत्व थाहा हुँदैन। जब सूर्य अस्ताउदै जान्छ तब याद हुन्छ सूर्य अस्ताउँदै छ।

कति सजिलै एउटा एउटा सुमधुर सम्बन्धको अन्त्य हुन्छ। जो नचाहँदा(नचाहँदै नपत्याउँदो पाराले सुरु हुन्छ। जसरी सुरु हुन्छ, उसैगरी टुङ्गिन्छ। हर कोहीले अनुमान नै लगाउन नसकिने बहुत रहस्यमयी ढंगले।

यस्तो समयमा स्वर्गीय फत्तेमानको कालजयी गित ुमर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनु सुनेर मन बुझाउनु बाहेक अरु कुनै ओषधी छैन। जब मानिस अन्तिम सास सामना गरिरहेको बेलासम्म बचाउन हरदम प्रयास गरिन्छ भने त्यो प्रयास अर्थपूर्ण हुन्छ। सब सास नै बन्द भएपछि जतिसुकै कोलाहल मच्चाए पनि ब्यर्थ हुन्छ।

कुनै सम्बन्ध पनि त्यही हो, अन्तिम घडीमा पुगेर जोगाउन सकियो भने पनि त्यसले ठूलो अर्थ राख्दछ। सहमतीमा एउटा नयाँ आयाम थपिन्छ। सँगैको यात्रा निरन्तर चलिरहन्छ। जब अन्तमा पनि चुपचाप हस्तक्षर गरिन्छ, त्यो सहमतीमा नै टुङ्ग्याउन राजी भइन्छ।

एउटा रोचक प्रसंग१ क्याँ बात्। आहाँ कति मिठो। जताततै वाह(वाही, तारिफ नै तारिफ, दुनियाँले तारिफ गरेको एउटा साहित्य पढेपछि मलाई ती लेखिकासँग जोडिन मन लाग्यो। मलाई नि वाह नै लाग्यो, पढ्दै गएँ। उनका लेखहरु खोजी खोजी पढेँ।

मैले पनि तारिफ नगर्ने कुरै भएन। तारिफ सँगै साथी भयौँ, सामिप्यता बढ्दै गयो। किन पहिले नै साथी बनिनरु पश्चाताप पनि लाग्यो। म एकतर्फि पहिलेदेखि नै चिन्दथे। केही दिन त अहो१ संस्कारमा रहेर अति आदरका साथ कुरा भयो। हामी विस्तारै परिचित भयौँ। प्रायः हाम्रा कुराकानी लेखनको वरिपरि रहन्थ्यो।

त्यसको अलावा कसैको लेखको चर्चा गरिन्थ्यो। राम्रो(नराम्रो पक्ष केलाइन्थ्यो। बीच(बीचमा अरुको आलोचना गर्ने हाम्रो पुर्ख्यौली संस्कार हो। जति लुकाउन खोजे पनि झल्किहाल्छ।

पुस्तकको चर्चा हुन्थ्यो। महाभारत, रामयण सबै विषयमा उनी पनि उत्तिकै अपडेटेड थिइन्। अझ कमला भासिनको फेमिलिजम पुस्तकको बारेमा त कुरा गर्न बाँकी नै थियो।

हामी त्यो अति आदरणीय सम्बन्ध संस्कारबाट निकै अगाडि युरोपियन्स संस्कारमा पुग्न आटेका थियौँ। धेरै वर्षहरु यसरी नै बितेछन्। अहिले याद गर्दै छु। हामी बेला(बेला झगडा गर्न पनि थाल्यौँ। अतिनै आत्मिय साथी भयौँ।

यसकै जोड घटाउ हो, झगडा। अपरिचितसँग झगडा हुने कुरा पनि भएन। साथी हुनुको एउटा फाइदा झगडा गर्न पाइने, दङ्ग्याउन पाइने, सताउन पाइने। अरु पनि होलान्, अहिलेलाई यति नै उल्लेख गरे।

नेपाली कथन नै छ, बोल्दै गएपछि पराइ पनि आफ्नै लाग्छ। टाढाको पनि नजिक लाग्छ। आखिर त्यही भयो।

हामीले एक अर्कालाई बिहे गर भन्ने सुझाव पनि दिन भ्यायौँ। तर हामी गरौँ भनेर कहिल्यै प्रस्ताव गरेनौँ। गरेको भए पनि आपत्ति नहुने थियो। राम्रो पक्ष पनि यही हो, निस्वार्थ साथी बनिरह्यौँ।

सबै साथी(भाइ मित्रता कहाँ सधै एकनाश भइरहँदो रछ ररु यो निर्णय मलाई सपना जस्तै लागिराछ।

पछिल्लो समय हामी दुवै प्यारले उम्लिएका थियौँ। जसरी एउटा बालक आमाको अधिक मायाले पुल्पुलिन्छ, उसैगरी हामीमा पनि त्यही बालापन चढेको थियो।

मानिसको मन कुन बेला के हुन्छ पत्तो नहुने।

एक मनले खुसी छु, उसको कचकच डिस्टब सुन्न परेन। अर्को मनले सोच्छुँ, उ जस्ति ज्ञानी, असल, शहनशील साथी गुमाएँ।

गल्ति खोट खोज्दै गयो भने चन्द्रमामा पनि दाग भेटिन्छ भने जस्तै हामी दुवै सर्वश्रेष्ठ सर्वज्ञानी भलाद्मी बन्न थालेका थियौँ। अलि बढी अहङ्कार बढेको थियो, सायद त्यसैको नतिजा हो यो।

हामी धेरै वर्ष अगाडिदेखि साथी थियौँ। कविता गजल लेखेपछि हामी एकले अर्कोलाई सेयर गर्थिम्। पाठक र लेखक जस्तो सम्बन्ध अझ निकट प्रगाढ साथीभन्दा माथि तर हुन नसकेको जिवन साथी। क्लियर कट सम्बन्ध थियो। कसैले शंका उपशंका गर्छ भने सिर्फ भ्रम हो। यथाशाक्य भ्रमबाट मुक्त भए हुन्छ।

बरु म उनीसँग कहिल्यै नभएको कुरा सुनाउछु। उनको वर्णन गर्छु। केही समय उनको बयानमा खर्च गर्छु। उनको रुपको कुरै नगरौँ, स्वर्गलोकमा भगवान इन्द्रको अगाडि छमछम पाउजु बजाउदै नाच्ने उर्वशी, उवाच, पद्यमिनी, भानमती।

अन्य अप्सराको त उनको कारण सबै नाम बिर्सिए। उनीहरु पनि फिक्का लाग्छन्, उनको चम्किएको मुहार अघि तर यो अप्सराभन्दा राम्री भन्ने तारिफ मैले साथी रहँदासम्म मनैमा नै राखे भन्न जरुर ठानिन।

रुपरङ्गको अलिअलि तारिफ त म गरिरहन्थे। उनीहरुको खुसीको विषय पनि यही हो। एक पटक एउटी दिदिलाई अलि मोटी देखियो, मेचुअर्ड देखियो भनेको सिधै इनबक्समा आएर झपार्न थालेपछि त्यो दिनबाट मैले मानिसको शरीरको बनावट मेचुअर्डपन मोटोपन छुट्याउन छाडेको हो।

सकभर खुसी दिने प्रयत्न गर्थे। त्यो झपारेको दिनदेखि सबलाई म स्लिम भन्दिन्छु। झुटो तारिफमा रम्न सिकेकाहरुलाई सत्य कुरा असाध्यै तितो लाग्छ। झुटो तारिफमा पनि खुसी दिन सक्छु। के गर्नु हजुररु चलेको ट्रेण्ड नै यस्तो छ।

उमेर आजसम्म सोधिनँ, सोध्न जरुर पनि ठानिनँ तर बहुत निकट सम्बन्ध लाग्थ्यो। साना(साना कुराहरुमा झगडा भईरहन्थ्यो। एउटा साथीले अर्को साथीलाई सताईरहने पनि तरिका हुन्छ नि।

म अफिसमा हुँदा कहिले पनि फोन रिङटोनमा राख्दिनथे। यो उनैको कारण हो। सधैँ भाईब्रेसनमा हुन्थ्यो। मानिसहरु आफ्नो शोख प्रकट गर्दा धेरै साथी बनाउने भन्छन्, म थोरै साथी बनाउने तर असल साथी बनाउने तिर नै झुकाब राख्छु।

निश्चय नै म क्वान्टिटीमा भन्दा क्वालिटीमा विश्वास गर्छु। अर्थात् मात्रामा भन्दा गुणस्तरमा फोकस गर्छु।

खैर१ साथीको सताउने बानी कहिले हटेन। बेला(बेला मिस्कल दिने, काममा डिस्टर्व गर्ने, यो त ह्याभिट नै बन्यो। हाकिमको अगाडि कल उठाउने साहस कसले गरोस्रु थपक्क हेरेर साइलेन्स मोडमा राख्थेँ। निकै घण्टी आईरहन्थ्यो, सिर्फ सताउने मात्र, अरु लेनदेन पनि हुन्नथ्यो। मित्रतामा यति नभए खल्लो लाग्ने रहेछ।

विस्तारै बानी पर्दै गएको थिए। जब त्यो लत बस्यो, कलको प्रतिक्षा हुन थाल्यो अनि भाडभैलो सुरु भयो। समय सिरियस कुराहरुमा भन्दा बढी ठट्टामा बित्न थाल्यो।

उनको अफिस टाइमको समयमा औशी(पूर्णिमामा म पनि गर्थे तर कहिले पनि फोन उठ्थेन। मलाई आफू प्रयोग भए जस्तो लाग्न थाल्यो। उनको मर्जीमा मात्र किन चल्नु पर्नेरु मनमा एकाएक ज्वारभाटा निस्कियो। अब एक पटक परीक्षा लिनै पर्ने भो।

आफू जतिको बाठो कोही छैन जस्तो उदेक लगाउने तरिका हुन्छ नि यार। मनले प्रतिशोध लिने निर्णय गर्यो। सायद त्यस बीचमा नाफा घाटाको पनि हिसाब भयो होला। आजसम्म उबाट मैले के सिकेरु सब भित्र(भित्र कुरा लुकाउने पनि साथी हुन्छ। अलि अगाडिसम्म अति आदरणीय लाग्ने पात्र एकैछिनमा महादुश्मन देख्न थालेँ।

के प्रलय हुन लाग्योरु रीस झन् बढ्दै आयो अनि सोचेँ मानिसहरु दुर्घटनामा पर्न ठूलो कुरा नचाहिने रहेछ। हो कुरालाई हैन भने पनि विचार नमिलेपछि जतिसुकै सुन्दरी अप्सरा भए पनि सेकेण्ड भरमा घृणा जागेर आउदो रच। अहिले मेरो मनमा यही भयो।

हाम्रा विगतका कति रमाइलो दिनहरु थिए होलान्, कति दुख(सुखको कुराहरु सेयर भएको थियो होला तर अहँ आज पटक्कै विगतमा फर्किन मन लागेन।

मिसअन्डस्यान्डिङ भन्या के होलारु मानिसहरु पटक(पटक भन्थे। मैले सुन्दै आएको शब्द यति आभाष भएको छ। साना(साना कुराले नै युद्ध निम्त्याउँदो रहेछ।

भन्न पर्ने कुराहरु धेरै थियो भन्न मन लागेन केहि छिन अगाडिको घनिष्ट मित्र कस्तो दुश्मनरु अलि अगाडिको मेसेन्जरमा कुरा भएको हेर्ने हो भने पनि हामी जतिको असल मित्र संसारमा अरु छैनन् झै लाग्थ्यो।। र न अब यस्ता असल मित्र हुने छन् जस्तो लाग्थ्यो।।।।

सायद हामी उदाहरणीय पात्र बन्नेछौँ।

साथी त यस्तै हुनुपर्छ। फेयर( न लेनदेन न कुनै स्वार्थ। मेरो तर्फबाट कुनै पनि स्वार्थ थिएन। भगवानबाट चिरयौवन कै बरदान पाए जस्तो लाग्थ्यो, बहुत चमकदार अनुहार हेरिरहुँ जस्तो तर हेरिरहन अगाडि पर्नु परेन। भेट्नु अगावै छुट्टियो, ुभेटेर छुट्नुभन्दा नभेटिएको जातिु भन्या सही लाग्यो।

नभेट्दा नै छुटेको त विस्मात१ लाग्दो रहेछ धन्न प्रभु भेट भएन। पाउनु मात्र माया हैन, गुमाउनु पनि माया हो। पाउँदाभन्दा गुमाउँदा बढी सम्झेको छु। कुनै कुराहरु आफू निकट हुँदा मतलब नहुँदो रहेछ। आँफूबाट ओझेल पर्न लागेपछि खुब याद आउँदो रहेछ। यो भनेको सूर्यको उदाउने समय र अस्ताउने समय जस्तै जटिल कसैको बसमा नहुने।

हेर्दा हेर्दै उज्यालो गोधुली हुँदै अन्धकारमा समाधी हुन जब सूर्य अस्ताउँछ र उदाउनुको महत्व हुन्छ, जब साथी विछोड हुन्छ र त मिलनको महत्व हुन्छ। यसलाई सामान्य रुपमा लियो भने अझ सुन्दर दृष्य लाग्दो रहेछ।

छुट्नु पनि पाउनु जस्तै आनन्दमयी हुँदो रहेछ।

मैले उनलाई देखेको फेसबुकमा मात्र हो। कुरा त हजुर आइस्यो, खाइस्योबाट भर्खर तिमीसम्म आएको थ्यो। के भूत चढ्यो, नराम्रोसँग झगडा पर्यो। धन्न हामी साथी मात्र थियौँ र छुटे पनि अदालत पुग्न परेन, प्रहरी चौकी धाउनु परेन।

मैले फिल गरेँ, मानिसको सुमधुर सम्बन्धमा कसरी एकाएक दरार आउछ भनेको। आज बिहे नभए पनि अनुभव गरेँ, साथीसँग कुरा नमिल्दा ब्रेकअपभन्दा पनि संगतबाट टाढा रहने निर्णयमा पुगेँ। ब्रेकअप हुन त लभ पर्नै पर्यो।

बिना लभ पनि ब्रेकअप, डिभोर्स गरेको अनुभूति भयो। मैले सम्झाएँ, केही कुरामा तिमी कम्परमाइज गर, केहीमा म गर्छु। तर उसको जिद्धिपना कायम रह्यो। उनको जिद्धिपनको अगाडि मेरो अनुरोध विलिन भयो।

झ्वाँट्ट मनमा आयो यस्तो आवेगमा थिएँ, कसैले भनेको कुरा सम्झिएँ। छुट्ने बेला श्राप दिनु हुन्न। आशिर्वाद दिनुपर्छ।

आशिर्वाद पनि के दिम्रु

सुनेको थिएँ, उसको विदेशी साथी छ। तर विदेशीको कुरा जोडेर उनको मन दुखाउन मन लागेन। सोची(सोची आशिर्वाद दिए।

तिमी राम्री छ्यौ। असल छ्यौ। सधै यतिकै राम्री चिरयौवन रहनु। न अब तिमी मलाई सताउन आउने छ्यौ न म आउने छु। आजसम्मको तिमीले दिएको साथ सहयोगको लागि आभारी। सहयोगलाई सहयोगको रुपमा लिनुपर्छ। मैले केही लेखे भने उनलाई पढ्न दिन्थेँ, सुनाउथेँ।

गफ गर्दै जाँदा दुईरचार वटा लभको इमोजी ठेलियो होला। यसमा हामी सत्यसावित्री भनेर अग्निपरीक्षा दिन चाहन्नौँ। मान्छेको मन न हो, चञ्चल मन कुन बेला आकाशमा उड्छ, कुन बेला समुन्द्रको गहिराइमा, यो त यही मनलाई कि त भाग्य लेख्ने विधातालाई मात्र थाहाँ हुन्छ।

उडिरहने मनको गेटमा न ताल्चा लगाउन मिलोस्। यो उडिरहने मनलाई जति सक्दो उचाइमा पुग्न दिनु पर्छ। सकभर मनले चन्द्रमा छोएर धर्तीमा ल्याण्डिङ हुन आईपुगोस्।

साच्चै चञ्चल मन उडिरहन्छ, कुदिरहन्छ। कहिले उनको शरिर स्पर्श गरेर आईपुग्छ र मलाई झस्काउँछ। धत्१ साथीलाई साथीको ठाउँमा राख्न पर्छ। उनले पति नै माने पनि मेरो मनले त साथी मानेको छ। अरुको मनमा के छ कसले जानोस्।

केही पक्कै थियो। बोल्दा बोल्दै उनका शब्दहरु रोकिन्थे। जसको स्वार्थ छैन, उ निस्फ्रिक्री निडरताको साथ कुरा गर्न सक्छ। तर मनमा अनेक तानावाना बुनिरहनेको भरोसा हुन्न, न बोलीको ठेगान होस्। उनलाई पनि के भन्नुरु विधाताले लेखेको कुरा इन्द्रदेव नै धर्तीमा आए पनि रोकिने हैन। देवताहरुले हारेको इतिहास छ, हामीले हार्दैमा कुन अचम्म भो र१

मेरा सिम्पल कुरा थियो, कमसेकम नबोल्नु। बोलेपछि वचनमा कटिबद्ध रहनु। निश्चय नै लक्ष्यमा पुग्न यति त गर्नै पर्छ। अनि मात्र गन्तव्यमा पुगिन्छ। ल नाई भन्ने, हुन्छ भन्न नछाड्ने अनि कुरामा अडिग नरहने हो भने बोलेको के अर्थरु नेता र तिमीमा के फरक भयोरु

मेरो प्रश्न यति नै थियो। अलि कडा प्रहार भएपछि क्रान्तिकारी नै जवाफ आउने भो। त्यसको सामना गर्नु नै थियो। धेरै समय संगत गर्दा पनि एउटा साथी चिन्न सकिन।

मैले प्रश्न दोह्रोर्याएँ, तेह्रर्याएँ। जवाफ एउटै मलिन स्वरमा टिठ लाग्दो गरि आईरहेको थियो। सायद हावामा उडाईरहेको थियो। मेरो मन थिरमा थिएन। गाली गर्नु हुन्न छुट्ने बेला,सिर्फ यही भावना थियो।

ुअन्त्यमा भन्नु केही छ,ु सोधेँ।

ुमाइन्ड ब्ल्याङ्क छ। अर्थात् तिम्रो लागि शब्द छैन डियर।ु

ुपक्का हो, नत्र भन है। केही छुटपुट छ भने भन्न मन लागेको फेरि भन्न नपाएकोमा छट्पटी नहोस्।ु

ुहुँदैन।ु

विचार नमिल्दा साथी(साथी बीच पनि यसरी विछोड हुँदो रच, नयाँ अनुभूति भयो।

ुइट्स ओके डियर, टेक केयर। बाई डियर, आइ विल नेभर कम ब्याक अगेनु मैले भन्नै पर्ने कुरा छुटाइनँ।

उसको अन्तिम अपेक्षा थियो, फेसबुकमा ब्लक गर। हुन त ब्लक समस्याको समाधान थिएन तर त्यहाँभित्र विश्वास टुटेको थियो, विचारको द्वन्द थियो।

यसरी नै एउटा आवेगको समाधी भयो। फेसबुकमा जानजानी ब्लक भयो। सायद अब हामी चाहेर वा नचाहेर कहिले पनि बोल्ने छैनौँ।

ब्लक भएको मानिसलाई अनब्लक गर्ने मेरो बानी उहिल्यै हटिसक्यो।


२३ जेष्ठ २०७७, शुक्रबार ०७:३७ मा प्रकाशित

 

Loading…