आधुनिक बैंकिङ्ग सुविधा सहित गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स तौलिहवामा

sajha
प्रकाशित मिति: ५ श्रावण २०७७, सोमबार २३:१८

ईसाझा । तौलिहवा
आधुनिक वैंकिंग सेवा दिने उद्देश्य सहित गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स लिमिटेडले जिल्ला सदरमुकाम तौलिहवामा आफ्नो नयां शाखाबाट सेवा शुरु गरेको छ । तौलिहवा स्थित नयांटोलमा संचालनमा आएको यो शाखाबाट बचत संकलन, कर्जा लगानी लगायतका आधुनिक बैंकिङ्ग सेवा शुरु गरेको हो ।

यो शाखा १९ औं शाखाको रुपमा संचालनमा आएकोे छ । प्रदेश नं. ५ का क्षेत्रीय प्रवन्धक बरुण पौडेलको उपस्थितमा शाखाले आफ्नो सेवा प्रवाह शुरु गरेको नयां शाखाका प्रवन्धक नविन बहादुर श्रेष्ठले बताए । यो शाखा संगै गुहेश्वरीको प्रदेश नं. ५ का ४ वटा शाखा कार्यालयहरु संचालनमा छन् । यसै गरी प्रदेश नं. १ मा ४ वटा शाखा कार्यालय, प्रदेश नं. २ मा ६ वटा शाखा कार्यालय, वाग्मती प्रदेशमा ७ वटा शाखा कार्यालय सहित देशभर कुल २१ वटा शाखा संचालनमा आएका छन् ।

नयां खुलेको यो शाखामा अनुभवी प्रवन्धकको रुपमा श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । व्यवस्थापक श्रेष्ठ तौलिहवाका स्थानीय लोकप्रिय व्यक्तिका रुपमा परिचित छन् । जसका कारण पनि यो वित्तिय संस्थालाई सदरमुकाम तौलिहवामा आम सेवाग्राहीसंग परिचित भई सेवा प्रवाह गर्न सहज हुने व्यवस्थापन पक्षले अनुमान गरेको छ ।

वित्तिय संस्थाबाट आधुनिक बैंकिङ्ग सेवा प्रवाहमा सेवाग्राहीमैत्री भावनाबाट आफु अघि बढ्ने व्यवस्थापक श्रेष्ठले बताए । सदमुकाम तौलिहवा र आसपासका क्षेत्रका आम सर्वसाधारणलाई वित्तिय संस्थाले सहज तथा सुलभ ढंगबाट सेवा प्रदान गर्ने व्यवस्थापनक श्रेष्ठले बताए ।

यस वित्तिय संस्थाको चुक्ता पुंजी ८० करोड रहेको छ । साथै निक्षेप संकलन ४ अर्ब ८४ करोड तथा कर्जा लगानी ३ अर्ब ७१ करोड प्रवाह भएको प्रदेश नं. ५ का क्षेत्रीय प्रवन्धक पौडेलले बताए । संस्थाको प्रधान कार्यालय ललितपुर स्थित हरिहर भवनमा रहेको छ ।


५ श्रावण २०७७, सोमबार २३:१८ मा प्रकाशित

 

Loading…