सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार पुग्यो

sajha
प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार १६:३१

काठमाण्डौ – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो ।

 यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।


७ श्रावण २०७७, बुधबार १६:३१ मा प्रकाशित

 

Loading…