आज हिजोअस्तिको तुलनामा कम पानी पर्ने

sajha
प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार ११:२६

काठमाण्डौ – आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

तर हिजोअस्तिको तुलनामा भने आज कम पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

अहिले पनि देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा पानी परिरहेको छ ।


१६ श्रावण २०७७, शुक्रबार ११:२६ मा प्रकाशित

 

Loading…