भिम मायाको साहारा सालको पात

sajha
प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार १३:५९

शेरिफ के.सी
कपिलवस्तु । चाउँरिन लागेको अनुहार,जिर्गिङ्ग परेको कपाल, एउटा टिनको छानामुनी बस्दै आएका दुई जोडि यो कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी भिम माया र रुक बहादुर रेश्मीको हुलिया हो । गाउँमा पात बच्ने बा–आमा भन्दै चिनिने उनीहरुको घरमा भाँचिन लागेको खाट, धेरै पुराना र मैलो परेका ओड्ने कपडाहरु र स–साना भाडाकुडा देखिन्छ ।

वर्षातको पानी उनीहरुको खाटमुनि जम्ने गरेको छ । ती दुई जोडि बिहान जंगलका सालका पात टिपेर गाँउ गाउँमा लैजान्छन् र पात बेचेर कमाएको पैसाले छाँक टार्छन् । उनीहरुको घर हेर्दा लाग्छ, उनीहरु अझैं ढुंगे युगमै छन् । बाँसका कुहिन लागेका भाटा तेर्स्याएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालय ,यस्तो कष्टकर जीवन बित्दै छ वर्षौंदेखि वाणगङ्गा नगरपालिका– ४ का रुक बहादुर र भिम मायाको बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँ–ठाउँमा दुलो परेको छ । घरमा नुन, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या छ ।छिमेकमा कहिले सम्म मागेर खाने दुई दिन काम नगरे पेटमा माड पस्दैन् ।

उमेरले भिम माया ६० र उनका श्रीमानले ७० नेटो काटिसकेको छन् तर परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनीहरु जँगलमा गएर पात टिपेर बेच्दै आएका छन् ।“मुठाको ६० पर्ने सातका पात बिक्रि नहुदा कुनैदिन त भोकै बस्छौँ”रुक बहादुरले आखाँ भरी आसु लिदै सुनाए । चाडपर्वका बेला त सोचे जस्तो कमाई हुन्छ पात पनि राम्रै बिक्रि हुन्छ तर कहिले काहि दुख गरेर लिएका पात पनि कुहिएर जान्छन् ।

वाणगङ्गा नगरपालिका कार्यलयबाट तिन÷चार किलोमिटरको दुरीमा बस्दै आएका भिम मायाको साहरा भनेको सालको पात हो ।रुक बहादुर भन्छन् ‘विहान बेलुका हातमुख जोर्न पनि ठेगान नभएका हामी कहिले काहि त खाना नपाएरै मर्छौ जस्तो लाग्छ । दिनभर खोजेर लिएको पात बिक्रि नहुदा कहिले नुन, भात त कहिले तातो पानी पिएर सुत्ने गरेको बताउछन् ।“कहिले काहि जँगल बन्द हुदा आफनो गाँस नै खोसिए जस्तो लाग्छ ।फुर्सत हुदाँ गाँउ घरमा मल बोक्न जान्छु तर शारीरमा तागत नहुदा नसकि नसकि डोकोमा भएको मल पार लगाउ पनि गारो हुने गर्छ ”बुढेसकालमा शरीरले धेरै बोझ उठाउन कहाँ सक्थ्यो र भिममायाले भनिन्

बुढेसकालमा उनीहरुसँग नगरिकता छैन ।बुढ्यौली अबस्थामा सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छन् । “घरमा पानि पसेर नागरिकता बगाएको ६–७ बर्ष भयो अझै सम्म नागरिकता बनाईदिन्छौं भन्दै कोहि आएका छैनन्” भिम मायाले दुखेसो पोख्नु भयो । नगरिकता बनाउनका लागि धेरै सँग हारगुहार गरे पनि नागरिकता अझै बनेको छैन । मासिक रुपमा भत्ता पाए यो उमेरमा केहि सुखको सास फेर्न सकिने छिनो आश भिम मायाको आवाजबाट प्रष्ट हुन्छ । कहिले काहि दुवै श्रीमान श्रीमती बिरामी हुदा पानि र औषधी खुवाउने कोहि हुदैन ।

छोरीहरु आ–आफ्नो घर गएका छन् र बा–आमालाइ हेर्न उनीहरुलाई फुर्सद छैन । हामिसँगको भेटमा भिम मायाले भनिन्“अहिले सम्म हाम्रो अबस्था बुझन समेत कोहि आएको छैन,ठुलो पानि पर्दा घरकै आँगनमा चिप्लिएर श्रीमानको हात भाचिँयो जँगल तिर जान पाईएको छैन,उपचार गराउन समेत समस्या छ भिम मायाले एकै स्वरमा भनिन् । सिंहदरबार गाउँ वा नगरमै आइपुग्यो,यानिकि स्थानीय सरकार आएको ३६ महिना (तिन बर्ष )पुग्यो । तर भिम माया जस्ता पिडा भोगिरहेका समुदायले भने स्थानीय सरकारको महसुस नै गर्न पाएका छैनन् । गरिवका लागि सरकारले के के दिन्छ भनेर रेडियोमा खबर आउछ तर हाम्राँ लागि भनिदिने मान्छे छैन रुक बहादुरले आशु बगाउदै भने ।

भिम मायाका छिमेकि भन्छन् घर र शौचालय बनाइदिए हुन्थ्यो बुढेसकालमा धेरै दुख पाएको देख्दा कहिले काहि एक दुई किलो नुन तेल दिन्छौँ तर सधै काहा सकिन्छ र ?बुढेसकालमा काम गर्नु पर्ने बाध्यतामा उनीहरुमा मात्र छैनन् छोरा बुहारीले नहेर्दा जिल्लाका अधिकांश जेष्ठ नागरिक बुढेसकालमा काम गर्न बाध्य छन् ।

वाण्गङ्गा नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष गणेश क्षेत्रीले नागरिकताका लागि बिगत एक बर्षबाट पहल भएको बताउनु भएको छ। उहाँहरुको अवस्था नाजुक भएको थाहा पाएबाट वडाले सानोतिनो सहयोग गरिरहेको बताउदै आगामिदिनमा यो समस्यालाई अझै नजिकबाट नियाल्ने प्रतिवद्धता जनाउनु भयो ।


१७ श्रावण २०७७, शनिबार १३:५९ मा प्रकाशित

 

Loading…