एनआईसी एशिया पथरी शनिश्चरे शाखाको गम्भीर लापरवाही, बैंकमाथि नै उठ्यो प्रश्न

sajha
प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १४:२३

मोरङ : बैंक तथा वित्तिय संस्थाका लागि सबैभन्दा महत्वपुर्ण पक्ष नै विश्वास हो । तर, एनआइसी एसिया बैंकको प्रदेश १ स्थित पथरी शनिश्चरे शाखाको कर्तुतले बैंकमाथिको विश्वसनीयतामाथि नै प्रश्न लगाएको छ ।

एनआइसी पथरी शनिश्चरे शाखाले काविल कन्सट्रक्सनको नाममा रहेको ३७ लाख ७३ हजार ६ सय १३ रुपैयाँको एकाउन्टपेयी चेक पारुहाङ ग्रिल उद्योगको नाममा जम्मा गरी त्यसका सञ्चालक रवि कुमार राईलाई भुक्तानी समेत गरेको छ ।

यसरी एउटा कम्पनीको नाममा आएको एकाउन्टपेयी चेक अर्को कम्पनीका नाममा जम्मा गरेर एनआइसी पथरी शनिश्चरे शाखाले गम्भिर लापरवाही गरेको हो । काविल कन्स्ट्रक्सनका सञ्चालक भुवन थापा र रविन कुमार राईको समझदारीका आधारमा यो समस्या अहिलेका लागि समाधान भएको छ ।

तर, यति ठुलो रुकमलाई बिना सोधपुछ अर्काको खातामा कसरी पठाइयो, गम्भिर प्रश्न खडा भएको छ । पथरी बहुमुखी क्याम्पसमा भवन निमार्णका लागि विनियोजन गरिएको रकम भुक्तानीमा यो लापरवाही भएको हो । भवन निर्माणको ठेक्का काबिल कन्स्ट्रक्सनले पाएको थियो । र काबिल कन्स्ट्रक्सन कै मार्फत रविन कुमार राईले सो ठेक्का हात पारेका थिए ।

घटना बारे शाखा प्रबन्धक विजय विष्टले अनभिज्ञता व्यक्त गरेका छन भने अपरेसनल इन्चार्ज विनमले गल्ति भएको भए पनि आफुहरु जिम्मेवार नभएको बताएका छन । क्लियरिङ शाखाले गल्ती गरेको उनको आरोप छ । एनआइसी एसिया पथरी शनिश्चरे शाखाबाट भएको यो पहिलो गलती होइन , यस अघि पनि पटक पटक यस शाखाबाट बैंकमाथिको विश्वस्नीयता गिराउने काम भइरहेको छ ।


२७ श्रावण २०७७, मंगलवार १४:२३ मा प्रकाशित

 

Loading…