बुटवलको कोरोना अस्पतालमा कपिलबस्तुका २ कोरोना संक्रमितको मृत्यु

sajha
प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार ०९:२३

नारद कोहार
कपिलबस्तु, साउन २८
बुटवलको कोरोना अस्पतालमा कपिलबस्तुका २ कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचारत कपिलबस्तु नगरपालिका वडा नं. २ का ४२ वर्षिय कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका वडा नं. १२ भगवानपुरका २५ वर्षिय प्रदीप तेलीको मृत्यु भएको कपिलबस्तु अस्पतालका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
कपिलबस्तु नगरपालिकाका ४२ वर्षिय गुप्तालाई कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते बुटवल कोरोना विषेश अस्पतालमा भर्ना भएका थिए । सोही दिनबाट नै उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । स्वास्थ्यमा थप समस्या देखिएर उनको मंगलबार राती मृत्यु भएको थापाले बताए ।
अर्का कृष्णनगर नगरपालिका वडा नं. १२ भगवानपुरका २५ वर्षिय युवाको पनि मृत्यु भएको छ । ‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको उनले बताए । उनको हिजो स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि प्रयोगशाला पठाइएकोमा हाल सम्म रिपोर्ट आएको छैन ।
जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन ।

याे पनि हेर्नुहाेस्

कोरोना संक्रमणका कारण कपिलवस्तुमा ४२ वर्षीय युवाको मृत्यु


२८ श्रावण २०७७, बुधबार ०९:२३ मा प्रकाशित

 

Loading…