कपिलबस्तुमा थप १८ जनामा कोरोना

sajha
प्रकाशित मिति: २८ श्रावण २०७७, बुधबार १८:०१

ईसाझा न्यूज । संवाददाता
तौलिहवा, साउन २७
कपिलबस्तुमा थप १८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ९ सय १ पुगेको छ ।
आज पुष्टि भएको संक्रमितको स्वाव साउन २६ गते कपिलबस्तु अस्पलताल देखि संकलन गरिएको हो । कपिलबस्तु अस्पतालबाट उक्त दिन ९१ जनाको नमुना संकलन गरिएको मध्ये ६० जनाको नेगेटिभ, १८ जनाको पोजेटिभ आएको र १३ को रिजल्ट आउन बाकी रहेको अस्पतालका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।


२८ श्रावण २०७७, बुधबार १८:०१ मा प्रकाशित

 

Loading…