थप ५९४ जनामा कोरोना देखियो, कुन ठाउँमा कति?

sajha
प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार १६:३८

 अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा ५९४ नामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २५ हजार ५५१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ९ हजार ८५९ जनाकाे पिसिआर परिक्षण भएकाे छ । त्यस्तै २४ घण्टामा २४०  डिस्चार्ज भएका छन् । हालसम्म १७  हजार ७७ जना निकाे भएर घर फर्किएका छन । त्यस्तै क्वारेन्टाइनमारहेकाहरुको संख्या १४ हजार ६३८ भने छ । शुक्रबार सक्रिय संक्रमितको संख्या रहेको छ । सुक्रबार ११  हजार ५७५ जनाको पिसिआर परिक्षण भएको छ

कोरोना भाइरसको सं क्रमण फैलिरहेको बेला मन्त्रालयले अनिबार्य काम बाहेक बाहिर ननिस्किन सबैमा अनुरोध गरेको छ । नेपालमा हालसम्म जनाले ज्या’न गु’माएका छन ।


३० श्रावण २०७७, शुक्रबार १६:३८ मा प्रकाशित

 

Loading…