अन्तर्राष्ट्रिय क्रिकेटबाट भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले लिए सन्यास

sajha
प्रकाशित मिति: ३२ श्रावण २०७७, आईतवार १६:५२

आफ्नो कप्तानीमा देशलाई विश्वकपका दुई वटा उपाधि दिलाउन सफल भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

कप्तानीको रुपमा भारतलाई सन् २००७ र २०११ को विश्वकप उपाधि दिलाएका धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा जानकारी पोस्ट गर्दै धोनीले सन्यासको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘प्यार र समर्थनका लागि धन्यवाद दिँदै धोनीले भने अब मलाई रिटायर्ड सम्झनू ।’

३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इंग्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।

१६ वर्षे क्रिकेट करियरका क्रममा धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए ।

उनले १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए । धोनीले भारतका लागि ३ सय ५० एकदिवसीय, ९० टेस्ट र ९८ टी–२० खेलेका छन् ।

सन् २००४ मा भारतको टिममा डेब्यु गरेका धोनीले २०१४ बाट टेस्ट क्रिकेट खेल्न छाडेका थिए ।

इन्डियन प्रिमियर लिग ९आईपीएल० मा उनी चेन्नई सुपर किङ्सका कप्तान हुन् ।

कसले के भने ? 
वीरेन्द्र सेवागः धोनीले सन्यास लिएपछि भारतीय पूर्व ब्याट्सम्यान वीरेन्द्र सेवागले ‘ओम फिनिशाय नमः’ लेखेका छन् ।

धोनीले टिमलाई जहिले जिताउन फिनिसरको भूमिका निभाएका थिए ।

शोएब अख्तरः पाकिस्तानी पूर्व बलर शोएब अख्तरले क्रिकेटको कथा तपाई बिना अधुरो रहने छ ।’

सौरव गांगुलीः बीसीसीआईका अध्यक्ष सौरव गांगुलीले भनेका छन्, ‘यो एक युगको अन्त हो । यो देश र दुनियाँका लागि निकै कमालका क्रिकेटर थिए ।’

विराट कोहलीः हर क्रिकेटरलाई एक न एक दिन आफ्नो यात्रा सकाउनु नै छ । तर फेरि यदि तपाईले जुन खेलाडीलाई निकै नजिकबाट जान्नुहुन्छ यदि उसले यो फैसला लिन्छ भने तपाई धेरै भावनात्मक हुनुहुन्छ । तपाईले देशका लागि जे गर्नुभयो त्यो हमेशा सबैको दिलमा रहने छ ।’

गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै विश्वले धोनीको हेलिकोप्टर सटलाई मिस गरिरहने भन्दै भारतीय क्रिकेटलाई कुनै न कुनै माध्यमबाट धोनीले योगदान दिइरहने बताए ।


३२ श्रावण २०७७, आईतवार १६:५२ मा प्रकाशित

 

Loading…