आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०७७ सोमबार, १८ अगस्ट २०२०) ■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

sajha
प्रकाशित मिति: २ भाद्र २०७७, मंगलवार ०८:१६

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ नेपाल सं. ११४० वर्षा ऋतु वि.सं. २०७७ भाद्र २ गते मंगलबार तद्अनुसार सन् २०२० अगस्त १८ तारिख भाद्र कृष्णपक्ष चतुर्दशी तिथि ९ः३४ पर अमावश्या तिथि अश्लेषा नक्षत्र वरियाण योग चतुष्पाद करण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा भ्रमणशिल रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ बजे भयो र सूर्यास्त साँँझ १८ः३७ मा हुनेछ । दर्शश्राद्धम्, निशी बार्ने ।

आजको राशिफल

मेष – धनको आवागमन भइरहनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । खर्च र भ्रमण बढ्नेछ । हास विलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । जोखिममा नपर्नु बेस होला ।

बृष – अन्नधन बृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ मिल्ने छ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ ।

कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । मिठो भोजन मिल्नेछ । आरोग्यतामा ध्यान राख्नुपर्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । दूरदेशको काम बन्नेछ । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – कुनै प्रकारको खर्चमा नलाग्नु उचित हुनेछ । शारीरिक र आर्थिक कार्यमा सचेत रहनुपर्नेछ । नियम कानुनलाई विशेष ध्यानमा राख्नुपर्ला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्ला । स्वास्थ्यमा पनि ध्यान राख्नुहोला । कुनै पनि कार्यका लागि अरुको भरमा नबस्नु बेस होला ।

कन्या – रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । मिठो भजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । हासविलासमा रुची बढ्नेछ । ख्याती फैलिनेछ । धन सम्पत्ति बढ्नेछ ।

तुला – यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रसन्न भैजानेछ ।

वृश्चिक – प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इस्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु फलदायी रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । हांसविलास खेलकुद भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभा–समारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शान्ति बढ्ला ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख(सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सुख सन्तति बढ्ला ।


२ भाद्र २०७७, मंगलवार ०८:१६ मा प्रकाशित

 

Loading…