पीएसजीको रेकर्ड, पहिलो पटक पुग्यो च्याम्पियन्स लिगको फाइनलमा

sajha
प्रकाशित मिति: ३ भाद्र २०७७, बुधबार १०:५६

काठमाडौं । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो करियरमा रेकर्ड राखेको छ । पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको हो ।

जर्मन क्लब आरबी लेप्जिग विरुद्ध ३–० गोल अन्तरको जित निकाल्दै पीएसजी फाइनलमा प्रवेश गरेको हो । 

पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल गरे ।

नेयमार र केलियन एम्बापे जर्मन क्लबको कडा निगरानीमा पर्दा मारियाले त्यसको फाईदा उठाएका थिए । 

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो लगानीकर्ता पीएसजीले स्थापनाको लामो समयपछि पहिलो पटक सफलता प्राप्त गरेको हो ।

पीएसजीले अब उपाधिका लागि जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब ओलम्पिक लियोन बीचको विजेतासंग खेल्नेछ ।

म्युनिख र लियोनबीचको खेल बुधबार राति हुनेछ । खेल नेपाली समयअनुसार राति सवा १ बजे हुनेछ । 


३ भाद्र २०७७, बुधबार १०:५६ मा प्रकाशित

 

Loading…