दाङमा प्रदर्शनको नारा – सोचेझैं प्रशासन रैनछ! (तस्बिरहरू)

sajha
प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार १५:२६

दाङ तुलसीपुरका ‘युथ अफ तुलसीपुरका’ युवाहरूले बुधबार मौन प्रदर्शन गरेका छन्।

तुलसीपुरको बीपी चोकबाट प्रदर्शन सुरू गरेका युवाहरूले बजारको विभिन्न ठाउँको परिक्रमा गरेका थिए  

प्रदर्शनकारीहरूले ‘हेलो, सरकार सम्धी खोई’, ‘सोचेझैं प्रशासन रैनछ’ कुर्सी मुनि कार्पेट, कार्पेटमुनि जनता लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

दाङमा स्थानीय प्रशासनले भदौ १ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म यातायातका साधन चलाउन प्रतिबन्ध लगाएकोमा पनि यूथ अफ तुलसीपुरका युवाहरूले व्यङ्ग्य गरेका छन्।

युवाहरूले बोकेको प्लेकार्डमध्ये केहीमा लेखिएको थियो- ‘कोरोना र उनको याद उस्तै उस्तै रहेछ, रातमा मात्रै आउने।’

युथ अफ तुलसीपुरका एडमिन अरुण लहरेले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै गरिने लकडाउनको औचित्य नरहेको बताए।

‘के रातिमा मात्रै कोरोना भाइरस नसर्ने हो र?,’ लहरले प्रश्न गरे ‘कि पूरै लकडाउन गरियोस् हैन भने रातिमा मात्रै नाटक नगरियोस्।’

उनले रातिमा मात्रै गरिने लकडाउनको औचित्य नरहेको दाबी गरे ।

यस्तो विपदको समयमा पनि व्यापक अनियमितता भइरहेको, सरकारले त्यो नियन्त्रण गर्न कुनै चासो नदिएको भन्दै विरोध स्वरूप युवाहरूले प्रदर्शन गरेका हुन्।


१० भाद्र २०७७, बुधबार १५:२६ मा प्रकाशित

 

Loading…