भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’मा

sajha
प्रकाशित मिति: ११ भाद्र २०७७, बिहीबार ०७:५२

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’मा रहेका उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ ।

नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो ।

पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको अस्पताललाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

पूर्वराष्ट्रपतिलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको छ । सो अस्पतालमा मुखर्जीको गत अगष्ट १० मा मष्तिष्कको शल्यक्रिया गरिएको थियो । पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो ।


११ भाद्र २०७७, बिहीबार ०७:५२ मा प्रकाशित

 

Loading…