कति कोरोना ले दुख दियो, सतायो भनेर मात्रै कति चर्चा गर्ने आउनुहोस् यसले हाम्रो जीवन मा पारेका सकारात्मक पक्ष को बारेमा पनि कुराकानी गरौं।

sajha
प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार २०:१२

१) लकडाउन को अवधि मा परिवार का सदस्य हरु संग धेरै समय बिताइयो र एक अर्का लाई झन सुक्ष्म तरिकाले बुझ्न पाइयो।
२)यो बिच मा हामी बिरामी पर्नु हुन्न है भनेर हामिले धेरै भन्दा धेरै सन्तुलित भोजन खायौं, त्यसैले हाम्रो स्वास्थ्य अझै राम्रो भयो।
३) केही न केही शारीरिक कसरत, योग आदि गरियो र त्यसले शरीर को प्रतिरोधात्मक क्षमता बलियो भयो।
४) खाली समय हुँदा कहिले भान्सा मा केही नपकाउने ले पनि केही न केही पकाउन सिके भने पहिले देखि पकाउँदै आएका झनै पोख्त भए।
५) जसको घर मा अलिकती जग्गा छ, तिनी हरुले आफ्नै बारिमा कुटो कोदालो गरे, केही न केही हरियो तरकारी उत्पादन गरे, आँगन मा फुल पनि फुलाए।
६) बातावरण स्वच्छ भयो, ओजोन तह केही न केही भए पनि टालियो, पहिला भन्दा राम्रो अवस्था मा आयो।
७) बर्षौं देखि गाउँ उहि दशैं, तिहार भन्दा नआउने हरु लामो समय गाउँ मा बसे, बाझों खेत मा पनि खेती भयो।
७) जसले आफ्नो कमाइ मा पटक्कै बचत गर्दैनथे, यस्तो गार्हो, सार्हो अवस्था पनि आउँदो रैछ है भनेर बचत को महत्व बुझे।
८) आयुर्वेद औषधि को बारेमा ज्ञान भयो, त्यसलाइ प्रयोग पनि ल्याइयो, बेसार, गुर्जो को बारेमा थाहा पाइयो, आयुर्वेद प्रती को सम्मान बढ्यो।
यस्तै अरु पनि धेरै हुन सक्छ्न्, मैले लेख्न छुटाएको हुन सक्छु त्यो तपाईं आफै पनि Comment मा लेख्नुहोला है, थप्नुहोला है।
मलाइ थाहा छ यो कोरोना का कारण ले जीवन जर्जर बन्न पुगेको छ, हात मुख जोर्न पनि गार्हो भएको होला, सम्पुर्ण योजना नै लकडाउन भएको छ, जीवन भताभुङ्ग भएको छ, म पनि निजि स्कुल को शिक्षक हुँ, चैत देखि को तलब पाएको छैन ।
आउनुहोस् यी सबै प्रतीकुल अवस्था मा पनि सकारात्मकता खोजौं, हाम्रो मानसिक स्वास्थ्य लाई केही न केही फाइदा पुर्याउँछ।
दामोदर कोइराला
कपिलवस्तु नगरपालिका १,तौलिहवा।

१२ भाद्र २०७७, शुक्रबार २०:१२ मा प्रकाशित

 

Loading…