सज्जा बनिन् तेस्रो नेपाल आइडल

sajha
प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार २२:२१

काठमाण्डौ – नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् ।

फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । फाइनलमा सज्जा सँगै प्रवीण बेडवाल त किरण कुमार भुजेल पुगेका थिए । 

सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।  यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् । 

आइडलका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए ।


१२ भाद्र २०७७, शुक्रबार २२:२१ मा प्रकाशित

 

Loading…