नेको ईन्सुरेन्सबाट कोरोना वीमाको १ लाख रुपैया दावी भुक्तानी

sajha
प्रकाशित मिति: १३ भाद्र २०७७, शनिबार २१:२७

कपिलवस्तु, १३ भाद्र । नेको ईन्सुरेन्स कम्पनीबाट कोरोना पोजेटिभ पुष्टि भएका जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेयलाई १ लाख रुपैया विमा रकम दाबी भुक्तानी गरेको छ ।

कम्पनीका तर्फबाट तौलिहवा कार्यालयका प्रमुख अखिलेश्वर दुवेबाट समन्वय समितिका सदस्य पाण्डेयलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । समन्वय समितिका सदस्य पाण्डेयले आफु सहित आफ्नो घर परिवारको नेको ईन्सुरेन्स कम्पनीमा कोरोना विमा गराएका थिए ।

पाण्डेयलाई कोरोना पुष्टि भए पछि आवश्यक कागजपत्रहरु कम्पनीको तौलिहवा स्थित कार्यालयमा पेश गरे पछि प्रक्रिया पुर्याएर उनलाई १ लाख रुपैया वीमा दावी रकम भुक्तानी गरिएको कार्यालय प्रमुख दुवेले बताए ।

कोरोना विमाका लागि सामुहिक रुपमा परिवारको एकमुष्ट गर्दा परिवारको प्रति सदस्य ३ सय रुपैया विमा शुल्क लाग्ने गर्छ । यसका लागि नागरिकताको प्रमाणपत्र, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्र र वडा कार्यालयको सिफारिस आवश्यक पर्ने कार्यालय प्रमुख दुवेले बताए ।


१३ भाद्र २०७७, शनिबार २१:२७ मा प्रकाशित

 

Loading…