अबैध २ थान सालको गोलिया सहित चार मोटरसाइकल बरामद

sajha
प्रकाशित मिति: १८ भाद्र २०७७, बिहीबार १४:५०

ईसाझा न्यूज । संवाददाता
तौलिहवा, भर्दौ १८
जिल्लामा अबैध २ थान सालको गोलिया सहित चार मोटरसाइकल बरामद भएको छ । सब डिभिजन वन कार्यालय पटना , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पटना र मायादेवी साझेदारी वन हेरालु समेतको संयुक्त टोलीले बुधबार राति गस्ती गर्ने क्रममा सो काठ र मोटरसाइकल बरामद गरेको सहायक वन अधिकृत मदन मोहन शयन्डीलले इसाझा न्यूजलाई जानकारी दिए ।


मायादेवी साझेदारी वन क्षेत्र अन्र्तगत वाणगंगा न.पा. १० गल्हीमा अवैध रुपमा साल जातको हरियो गोलिया २ थान लोड गरी दक्षिण तिर लैजादै गरेको अवस्थामा गस्ती टोली देखे पछि चोर तस्करहरु घटनास्थलमै मोटर साईकलहरु छाडी फरार भएको उनले बताए ।


फरार रहेको व्यक्तिको खोजी कार्य जारी रहेको राख्दै थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय कपिलबस्तुले जनाएको छ ।


१८ भाद्र २०७७, बिहीबार १४:५० मा प्रकाशित

 

Loading…