सिटिइभिटीका तालिम खारेजी गर्न लागेको विरोधमा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

sajha
प्रकाशित मिति: १८ भाद्र २०७७, बिहीबार १७:५१

नारद कोहार
कपिलबस्तु, भदौ १८
कपिलबस्तु सहित देशका ६२ जिल्लाका प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सञ्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेजी गर्न लगेको विरोधमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । जिल्लामा रहेका निजि प्राविधिक शिक्षालयका प्रमुख द्वारा आयोगको उक्त निर्णय फिर्ता लिनु पर्नै माग गर्दे प्रजिअ दिर्घनारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापन पत्र बुझाइएको हो ।
सिटीइभिटीले चालु आ.व.को नविकणका लागि आवश्यक दस्तुर जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कोरोनाको महामरीमा संस्थालाई सम्बन्धित सरोकारवालाहरुसंग सरसल्लाह नगरी एका एक बन्द गर्नु र ऐनमा भएको नियमहरु, ऐनका निर्णयअनुसार तोकिए बमोजिम स्तरोन्नती गर्नु पर्ने र बन्द गर्नु घोर अपत्ति रहेको प्राविधिक शिक्षालय प्रदेश नं. ५ का अध्यक्ष अरुण कुमार पाण्डेले बताए । त्यसैले स्तरोन्नती गर्नुको लागि केही समय दिनु पर्ने उनले माग गरेका छन् ।
निजि शिक्षलय र संस्थापक माथि अन्यय भएकोले निर्णयलाई पुर्न विचार गर्नु पर्ने ज्ञापन पत्रमा छ । कोरोना भाइरस संक्रमणको बेला निजी प्राविधिक बिद्यालयलाई राहतको सुविधा दिनुपर्नै माग गरिएको समेत ज्ञापन पत्रमा उल्लेख छ ।
कपिलबस्तु टेक्नीकल इन्ष्टिच्यूट एवम् प्रदेश ५ का अध्यक्ष अरुण कुमार पाण्डेय, सिद्धार्थ सि एम ए तालिम केन्द्रका राजेश शुक्ला, युनाइटेड नेशनल हस्पिटल प्रा लिका सुन्दर आचार्य र सिद्धार्थ इन्ष्टिच्यूट अफ मेडिकल साइन्सेसका मुकेश कुमार शर्माले ज्ञापन पत्र बुझाएका हुन् ।


१८ भाद्र २०७७, बिहीबार १७:५१ मा प्रकाशित

 

Loading…