प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा

sajha
प्रकाशित मिति: २० भाद्र २०७७, शनिबार २०:३७

 काठमाण्डाै‌ ।   प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका छन् । नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको संख्या झण्डै ९० प्रतिशतले घटेको पाइएको छ । गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण गिद्ध संकटापन्न अवस्थामा पुगेका हुन् ।

यो औषधि प्रयोग गरी उपचार गराइएका पशु उपचारका क्रममा मृत्यु भएपछि गिद्धले खाएमा तिनका मिर्गौलाले काम गर्न छोडी केही दिनमा नै गिद्ध मर्ने गरेको छ । यो औषधि प्रयोगका कारण दक्षिण एसियामा ठूलो संख्यामा गिद्ध मरेको विज्ञहरूको तर्क छ। औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सियाम औषधि बजारमा ल्याएको छ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा ६ प्रजातिका गिद्ध पाइन्छन् । अध्यक्ष घिमिरेकाअनुसार डंगर, सुनगिद्ध, सानो खैरो, हाडफोर, सेतो गिद्ध र हिमाली गिद्ध नेपालका रैथाने प्रजाति हुन् ।  तथ्यांकअनुसार नेपालमा डंगर गिद्ध एक हजारदेखि दुई हजार, सानो खैरो गिद्ध ५० देखि ७५, सुन गिद्ध दुई सयदेखि चार सय, सेतो गिद्ध तीन सयदेखि एक हजार, हिमाली गिद्ध ६० देखि एक सय र हार्डफोर्ड गिद्ध पाँच सयको संख्यामा छन् ।

सिनो खाएर हैजा, झाडा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचिकारका रुपमा लिइने गरिंछ।

  • दीप शम्शेर राणा

२० भाद्र २०७७, शनिबार २०:३७ मा प्रकाशित

 

Loading…