कोरोनाबाट कपिलबस्तुमा एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

sajha
प्रकाशित मिति: २५ भाद्र २०७७, बिहीबार १७:०८

नारद कोहार
कपिलबस्तु, भदौ २५
कपिलबस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका वडा नं. ६ का२९ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । उनि मृगौला र उच्च रक्तचापबाट विरामी भएका थिए ।
बिरामी परे पछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टी भएको थियो । उनको उपचारकोक्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । मृतक मजदुरको काम गर्ने गर्थे । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।
जिल्लामा आज थप ४६ जना कोरोना पोजेटिभ पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ ।


२५ भाद्र २०७७, बिहीबार १७:०८ मा प्रकाशित

 

Loading…