आईशोलेशनमा रहेका संक्रमितलाई भेटेरै फलफुल र स्वास्थ्य किट

sajha
प्रकाशित मिति: २७ भाद्र २०७७, शनिबार १८:३२

ईसाझा न्यूज । संददाता
तौलिहवा, भदौ २७
जिल्लाको सदरमुकाम तौलिहवामा आईशोलेशनमा रहेका संक्रमितलाई भेटेरै फलफुल र स्वास्थ्य किट प्रदान गरिएको छ । कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिक जसो सार्वजनिक भएका छन । तर कपिलवस्तु प्रहरीले भने यस्ता घटना निरुत्साहित बनाउन आईशोलेशनमा रहेका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट दिएको छ । कपिलवस्तु नगरपालिकाको आईशोलेशन र होम आईशोलेशनमा रहेका ३१ संक्रमितलाई फलफुल र स्वास्थ्य किट दिईएको छ ।
भदौ २२ गते संक्रमणका कारण मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको परिवारका संक्रमण भएका सदस्यलाई भेटि स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट प्रदान गरेको थियो ।
कोभिड १९ संक्रमित भई आईशोलेशनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागी भेटघाट गरि स्वास्थ्य लाभको कामना गर्ने कार्य अगाडी बढाईएको कपिलवस्तुका प्रजिअ दिर्घ नारायण पौडेलले बताए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा प्रजिअ दिर्घ नारायण पौडेल, प्रहरी उपरिक्षक नवराज अधिकारी, शसस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्याय सहितको टोली होम आईशोलेशनमा रहेका संक्रमितको घर घरमा पुगेको थियो । बितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफुल उपलब्ध गराएको थियो ।
कपिलवस्तु जिल्लामा हाल सम्म १ हजार २ सय ३० जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ५९ सक्रिय संक्रमित छन । जिल्लामा हाल सम्म ६३ जना सुरक्षाकर्मी समेत संक्रमित भएका छन ।


२७ भाद्र २०७७, शनिबार १८:३२ मा प्रकाशित

 

Loading…