म समाचार राेक्ने सर्तमा गाडी माग्न सक्दिन

sajha
प्रकाशित मिति: २९ भाद्र २०७७, सोमबार २२:२२

कपिलवस्तु जहाँ म जन्मे, पुर्ख्याैली बिरासत छ। नेपालगञ्ज जहाँ म हुर्के मेराे आफ्नाे सानिध्यता छ। काठमाडाैंमा उच्च अध्ययन र कर्मभुमी जहाँ मैले मेराे पहिचान बनाए। कपिलवस्तु र नेपालगञ्जले आगन्तुक र काठमाडाैंले स्वीकार गर्न सक्दैन् ।
बडा असमञ्जसमा छु। लालाबाला बाेकेर कहाँ जाँउ। छाेरालाई के भनु।
उ साेध्छ पापा हजुर घाेडामा स्कुल गएकाे हाे? हाे।
पापा हजुर नेपलगञ्जमा नेता हाे? हाे।
पापा हजुर नाम चलेकाे पत्रकार हाे? हाे ।
फेरि किन घर छैन, गाडी छैन्?
जीन्दगी टिभि सिरियल पनि त हाेईन। म अब अन्तिम बिद्राेहमा छु । उसलाई भन्न सक्दिन।
म अब अन्तिम युद्वमा छु । उसलाई बुझाउन सक्दिन । उ साेध्छ पापा हामी ठुलाे ग्राउण्ड भएकाे स्कुलमा कहिले पढन जाने? म भन्न सक्दिन कि मैले अति विश्वास गरेका मान्छेले नै तिमीलाई त्याे स्कुलका काविल ठानेन्न ।
म किन सानाे माेटरसाईकल चढछु । उसकाे जिज्ञासा हुन्छ । म भन्न सक्दिन म समाचार राेक्ने सर्तमा गाडी माग्न सक्दिन ।
म किन सरकारी अस्पतालमा जन्मिए ? वा हामी किन पैसाका लागि झगडा गर्छाै?
यी अवाेध प्रश्नका अषेश जवाफ मसँग छैन ।
अब युद्व हाे। म उसलाई भन्छु । म भन्दै छु ।
प्रारम्भ , उ त्याे टिभीमा आउने अकंल नाङगै भएकाे फाेटाे हेर । ल पत्रिकामा ठुलाे अक्षरमा नाम भएका दाईकाे कर्तुत हेर ।
अब म पनि नाङ्गिन्छु र हजुरहरूपनि नाङ्गिन तयार रहनुहाेस।
अब सबै अपहरण र फिराैतीका हिसाब खाेजिनेछ।
अब स‌बै गुण्डा फ्याक्ट्रीका निसाफ राेजिनेछ ।
अब सबैका घरका बार्दली देखि सन्ततीका अर्दलीसँग साेधिनेछ ।
सुनमा कति पचायाैं?
नुनमा कती छपायाैं?
याे घटना, त्याे घटना, यस्ताे घटना र त्यस्ताे दुर्घटनामा कति रकम उठायाैं।
  • दीपक खरेल । काठमाण्डाै‌

२९ भाद्र २०७७, सोमबार २२:२२ मा प्रकाशित

 

Loading…