जापानको ९९ सयौं प्रधानमन्त्रीमा योशिहिदे सुगा मनोनित

sajha
प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार १४:१८

योशिहिदे सुगा सेप्टेम्बर १६ तारिख बुधवार विशेष संसद बैठकबाट जापानको ९९ सयौं प्रधानमन्त्रीमा मनोनयन भएका छन् । संसदमा भएको प्रधानमन्त्री मनोनयनमा कुल ४ सय ६५ मध्ये ३ सय १४ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा मनोनित भएका हुन् ।  

संसदले प्रधानमन्त्रीमा मनोनयन गरेसँगै सुगा जापानको ९९ सयौं प्रधानमन्त्रीको रुपमा नियुक्त हुने पक्का भएको छ । संसदबाट चयन भएपछी सुगालाई हाउस अफ काउन्सिलरहरूको पूर्ण बैठकमा मनोनयन गरिनेछ । 

सो बैठकले औपचारिक रुपमा सुगालाई जापानको ९९ सयौं प्रधानमन्त्रीको रूपमा चयन गरेको घोषणा गर्नेछ । आजै उक्त बैठकले सुगालाई प्रधानमन्त्रीको रुपमा घोषणा गर्नुका साथै राजदरवारमा प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले सम्राट नारुहितोबाट सपथ ग्रहण गर्नेछन् ।

आज रात अबेर सुगाले आफ्नो मन्त्रिपरिषद घोषणा समेत गर्ने एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।


३१ भाद्र २०७७, बुधबार १४:१८ मा प्रकाशित

 

Loading…