एक हप्ते क्वरेण्टीन बसाइपछि ऊर्जामन्त्री पुन नियमित काममा

sajha
प्रकाशित मिति: ८ आश्विन २०७७, बिहीबार १३:५८

काठमाण्डौ –

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उहाँ एक हप्ता लामो होम क्वरेण्टीन पूरा गरेर बिहीबारदेखि नियमित काममा फर्कनुभएको छ ।

गएको शुक्रबार उहाँका अङ्गरक्षकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि मन्त्री पुन मन्त्री निवास पुल्चोकको होम क्वरेण्टीनमा बस्नुभएको थियो ।

उहाँ बिहीबारदेखि नियमित काममा फर्किएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।


८ आश्विन २०७७, बिहीबार १३:५८ मा प्रकाशित

 

Loading…