आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्याे

sajha
प्रकाशित मिति: ११ आश्विन २०७७, आईतवार १३:४६

काठमाण्डाै –

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । अस्ति सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी अस्ति तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


११ आश्विन २०७७, आईतवार १३:४६ मा प्रकाशित

 

Loading…