डा. गोविन्द केसीको जीवन रक्षाको मागगर्दै कपिलवस्तुमा प्रदर्शन

sajha
प्रकाशित मिति: १२ आश्विन २०७७, सोमबार १४:३८

गोपाल भण्डारी
कपिलवस्तु, १२ अशोज । चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुंच र सुधारको मागगर्दै आमरणअनशनरत डा.गोविन्द के.सी.को जीवन रक्षाको मागगर्दै युवाहरुले धर्ना तथाप्रदर्शन गरेका छन् । डा.गोविन्द केसी समर्थन समूहको आयोजनामाजिल्लाको वाणगंगानगरपालिकाको जितपुर चौकमाविहान ८ बजे देखि युवाहरुले शान्तिपूर्वक धर्ना तथाप्रदर्शन शुरु गरेका हुन् ।
अनशनरत डा. केसीको अवस्थादिनप्रतिदिनविग्रदै गएको प्रतियुवाविद्यार्थीहरुले चिन्ताव्यक्त गरेका छन् । धर्ना कार्यक्रमको करीब २० जना युवाहरुले सामुहिक नेतृत्व गरेका छन् ।
सरकारले डा. के.सी.को जीवन रक्षाको ग्यारेन्टीनगर्दा सम्मकालागिधर्ना तथाप्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत अगुवायुवाचन्द्रकान्तपोख्रेलले बताए । युवाहरुको धर्ना तथाप्रदर्शन प्रति स्थानीयविभिन्न संघ संस्थाहरुले समेत ऐक्यवद्धताजनाएकाछन् ।


१२ आश्विन २०७७, सोमबार १४:३८ मा प्रकाशित

 

Loading…