अमेरिकी राष्ट्रपति ट्रम्पकाे स्वास्थ्यमा उल्लेख्य सुधार

sajha
प्रकाशित मिति: १९ आश्विन २०७७, सोमबार ११:२२

काठमाण्डौ –

कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ । ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका बेला ट्वीटरमा भिडियो पोष्ट गर्दै उहाँले आफ्नो स्वास्थ्यमा सुधार भएको महशुस गरेको बताउनुभएको छ ।

डाक्टरले पनि ट्रम्पको स्वास्थ्य राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको जनाएका छन् । चार मिनेट लामो भिडियोमा ट्रम्पले वाशिङ्टनमा रहेको द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले आफू चुनाव प्रचारप्रसारमा फर्किन चाहेको बताउनुभएको छ ।

३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ट्रम्प अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने तय भइसकेको छैन ।  अमेरिकी राष्ट्रपतिको चुनाव  हुन लगभग १ महिना  बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित हुनुभएको हो ।

 


१९ आश्विन २०७७, सोमबार ११:२२ मा प्रकाशित

 

Loading…