सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

sajha
प्रकाशित मिति: २२ आश्विन २०७७, बिहीबार १२:०७

काठमाण्डाै –

 सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ ।

आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


२२ आश्विन २०७७, बिहीबार १२:०७ मा प्रकाशित

 

Loading…