अफगानिस्तानमा तालिबानीद्धारा छ प्रहरीको हत्या, पन्ध्र जना अपहरित

sajha
प्रकाशित मिति: २४ आश्विन २०७७, शनिबार ०७:२६

अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरूले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ।  अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ। 

साथै उनीहरूले सो प्रहरी चौकीमा रहेका अरू कम्तीमा पनि १५ जना प्रहरीलाई अपहरण गरेर लगेका छन् । उनीहरूले हालैका दिनमा विभिन्न स्थानमा गरेका आक्रमण गरी सुरक्षाकर्मीहरूको ज्यान लिइरहेका छन्। पछिल्ला दिनमा सुरक्षाकर्मीहरू मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ। 

मंगलबार राति मात्र पनि अफगानिस्तानको जाबुल प्रान्तको एक जिल्लाको प्रहरी चौकीमा तालिबानहरूले हमला गरेर छ जना प्रहरीको हत्या गरेका थिए।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान लिएका थिए। 

पछिल्लो समयमा तालिबानीहरूले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरू गरिरहेका छन् उनीहरूले प्रहरी चौकीमा हमला गर्ने गरेका छन्।  

उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरूबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरूले हमला रोकेका छैनन्।


२४ आश्विन २०७७, शनिबार ०७:२६ मा प्रकाशित

 

Loading…