सुनचाँदीको भाउ घट्यो

sajha
प्रकाशित मिति: २७ आश्विन २०७७, मंगलवार १४:०३

काठमाण्डाै –

सुनचाँदीको भाउ आज घटेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।


२७ आश्विन २०७७, मंगलवार १४:०३ मा प्रकाशित

 

Loading…