कोषका नवनियुक्त सदस्य सचिव शाक्यद्वारा पदभार ग्रहण

sajha
प्रकाशित मिति: २८ आश्विन २०७७, बुधबार १९:१०

साझा न्यूज । लुम्बिनी
लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यद्वारा पदभार ग्रहण गरिएको छ । कोषमा एक कार्यक्रमको आयोजना गरी पदभार तथा स्वागत गरिएको हो । कोषका पदाधिकारी एवम् कर्मचारीको सहभागितामा सो कार्यक्रम गरिएको हो ।
स्वागत कार्यक्रमपछि आजबाट पदभार ग्रहण गरेका सदस्यसचिव शाक्यले कार्यालयको निरिक्षण गरेका थिए । उनले आजै मायादेवी मन्दिरमा पुगी मायादेवी तथा बुद्ध जन्मथलोको दर्शन गरेका थिए ।


सदस्यसचिव शाक्यले लुम्बिनीमा रहनु भएका अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मिक्षु मैत्री महास्थविरलाई भेट गरेका थिए । लुम्बिनीस्थित थाइ राजकीय विहारको निर्माणका क्रममा लामो समय बिताएका उनले त्यस बिहारमा पुगी विहारको अवलोकन पनि गरे ।
कोरोना महामारीका बीच लुम्बिनी बिकास कोषमा आज पहिलो दिनको हाजिरी जनाउन पुगेका नव नियुक्त सदस्यसचिव सानुराजा शाक्यबाट लुम्बिनी गुरुयोजनाका पुरा हुन बाकी कार्यमा गति लिने विश्वास गरिएको छ ।


२८ आश्विन २०७७, बुधबार १९:१० मा प्रकाशित

 

Loading…