सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो

sajha
प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार ११:०८

काठमाण्डाै –

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


३० आश्विन २०७७, शुक्रबार ११:०८ मा प्रकाशित

 

Loading…