मर्यादपुर सीमा क्षेत्रमा मास्क वितरण

sajha
प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार १६:२८

पुजा गुप्ता
साझा न्यूज । मर्यादपुर (कपिलवस्तु)
शशस्त्र प्रहरीले सीमा क्षेत्रको मर्यादपुरमा साबुन पानीले हात धुने दिवसको अवसर पारेर आम सर्वसाधारणहरुलाई साबुन पानीले हात धुने तरिका र मास्क वितरण गरेको छ । साबुन पानीले राम्ररी हात धुने र मास्कको प्रयोग गर्ने गरेमा करीब ५० प्रतिशत रोगहरु नलाग्ने सन्देश सो अवसरमा सर्वसाधारणहरुमा दिईएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कोरोना संक्रमण नियन्त्रणका लागि पनि साबुन पानीले हात धुने, मास्क तथा सेनेटाईजरको प्रयोग प्रभावकारी भएका कारण यसमा जोड दिन सवैलाई अनुरोध गरेका छन् । कार्यक्रममा शशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले कोरोना संक्रमणबाट वच्न सवैले स्वास्थ्य सचेतना सम्वन्धी सवै उपायहरु अवलम्बन गर्नु पर्ने बताए ।

कार्यक्रममा सुठौली भंसार कार्यालयका प्रमुख तिर्थ राज पासवान, शशस्त्र प्रहरी विओपी डंगरीका ईन्चार्ज शशस्त्र प्रहरी निरिक्षक शंकर सिंह लगायतको उपस्थिति रहेको थियो ।


३० आश्विन २०७७, शुक्रबार १६:२८ मा प्रकाशित

 

Loading…