४ लाख घुससहित बुटवलमा कार्यरत प्रहरी हवल्दार र उनको श्रीमति अख्तियारको फन्दामा

sajha
प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार १६:३३

एक प्रहरी कर्मचारी र उनको श्रीमति ४ लाख घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र साहानी र उनको श्रीमति निर्मला केवटलाई ४ लाख घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आज (शुक्रबार) रंगेहात पक्राउ गरेको हो ।

थुनुवाहरुलाई धरौटीमा छुटाइदिन्छु भन्दै सेवाग्राही संग प्रहरी हवल्दार शिवचन्द्र साहानी र निर्मला केवटले चार लाख घुस लिदैँ गर्दा सियारी गाउँपालिका वडा न.७ अमुवाको खनाल मिष्ठान्न भण्डारबाट रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सुरेश भुषालले रेडियो सैनामैनालाई जानकारी दिए । थप अनसन्धान अघि बढेको अख्तियारले जनाएको छ ।


३० आश्विन २०७७, शुक्रबार १६:३३ मा प्रकाशित

 

Loading…