सिन्धुली : कर्मचारीमा काेराेना देखिएपछि बन्द हुने पालिकाकाे सङ्ख्या ६ पुग्याे

sajha
प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार १६:४०

सिन्धुली –

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सिन्धुलीका ६ वटा पालिका बन्द भएका छन् ।

सिन्धुलीका नौ वटा पालिकामध्ये ६ वटा पालिकाका कर्मचारी र नजिकैका व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको पालिकाका पदाधिकारीले बताएका छन् ।

फिक्कल गाँउपालिकाले पदाधिकारी र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि शुक्रबारदेखि कात्तिक ६ गतेसम्मका लागि सेवा बन्द गरेसँगै बन्द हुने पालिकाको सङ्ख्या ६ पुगेको हो ।


३० आश्विन २०७७, शुक्रबार १६:४० मा प्रकाशित

 

Loading…