कपिलबस्तुमा पनि विभिन्न कार्यक्रम गरी ६५ औ प्रहरी दिवस मनाइयो

sajha
प्रकाशित मिति: ३० आश्विन २०७७, शुक्रबार १७:२३

नारद कोहार
कपिलबस्तु, असोज ३०
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले विभिन्न कार्यक्रमको आयोजना गरी ६५ औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सो दिवस मनाएको हो ।
दिवसको अवसर गरिएको खेलकुदमा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत समेत गरिएको छ ।
कुनै पनि नागरिक विनावर्दीको प्रहरी हो, शान्ति शुरक्षा कायम गर्ने, अमन चयन कायम गर्ने, चोरी निकासी र अपराध नियन्त्रण गर्ने काम प्रहरीको हो यद्यपि त्यसमा आम नागरिको त्यतिकै भुमिका रहेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।
दिवसकै अवसरमा उत्कृष्ठ काम गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै ईलाका प्रहरी कार्यालय गणेशपुरका लागि जग्गा दान गर्ने १ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अमर प्रहरीका परिवार, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष डिलाराम भुषाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवि प्रसाद बर्मा, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


३० आश्विन २०७७, शुक्रबार १७:२३ मा प्रकाशित

 

Loading…