चाडबाडका नाममा जुवा खाल संचालन गर्न दिन्नः प्रहरी उपरीक्षकअधिकारी

sajha
प्रकाशित मिति: ८ कार्तिक २०७७, शनिबार २२:०८

 

कपिलवस्तु, ८ कार्तिक । चाडवाडको बाहानामा जुवाखाल संचालन गर्न नदिने प्रहरीले जनाएको छ । संस्थागत रुपमा संचालन गरिने जुवा खाल पुर्ण रुपमा प्रतिवन्ध गर्नका लागि आफु दृढ रहेको र कोही कसैले यस्तो गैरकानुनी काम नगर्न प्रहरी उपरीक्षक नवराज अधिकारीले आग्रह गरेका छन् । जुवा खाल संचालन गरी ठुलो रुकम हार जित हुंदा समाजमा अपराध, विकृति तथा विसंगति बढ्ने हुंदा सवै मिलेर जुवातास नियन्त्रण गर्नु पर्ने प्रहरी उपरीक्षकअधिकारीले जोड दिए ।

अघिल्ला वर्षहरुमा जिल्ला सदरमुकाम तौलिहवाका विभिन्नटोल, महाराजगंज, कृष्णनगर, गोरुसिंगे लगायतका स्थालमा ठुलो मात्रामा जुवा खाल संचालन हुदै आएको छ । अघिल्ला वर्षहरुमा प्रहरीकै मिलोमतोमा यस्ता जुुवा खाल संचालन भएको थियो । जुवा खेल्नका लागि सीमावर्ती भारतीय शहरबाट समेत सर्वसाधारणहरु आउने गरेका छन् । लाखौं रुपैया हार जितहुने ढंगबाट संचालन हुने जुवा खालमा जुवा संचालकले दशै दिपावलीका बेला लाखौं रुपैया आम्दानीगर्दै आएकाथिए ।

तर अर्को तर्फ समाजमा भने यसको निकै ठुलो नकारात्मक असर पर्दै आएको सामाजिक अगुवाहरुले बताएकाछन् । घरमा रहेका गर गहनाविक्री गरेर जुवा खेल्ने र हार्ने क्रियाकलापले घर तथा समाजमा ठुलो समस्या पैदा गरेको छ । त्यस कारण पनि चाडवाडको बाहानामा लाखौं रुपैया हारजित हुने ढंगका जुवा खाल हुन नदिन सामाजिकअगुवाहरुले पनि स्थानीय प्रशासन संग माग गरेका छन् ।

जुवा तासका साथै चाडवाडमा हुन सक्ने अपराध नियन्त्रणका लागि पनि जिल्लाका सवै प्रहरी युनिटहरुलाई सक्रियताका साथ परिचालन गरिएको जिल्लाप्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, भिड हुज्जत मच्चाउने, मारपीट तथा झैझगडा गर्ने जस्ता क्रियाकलापहरु नियन्त्रण गरी चाडवाडलाई कोभिड संक्रमणबाट बच्दै मर्यादित ढंगबाट घर परिवारमै सिमित रही मनाउन पाउने वातवरण सृजना गर्न समेत प्रहरी तल्लीन भई लागेको प्रहरी उपरीक्षकअधिकारीले बताए ।


८ कार्तिक २०७७, शनिबार २२:०८ मा प्रकाशित

 

Loading…