आज विकल्प दिनसक्ने चीनबाट डराउँदछ अमेरिका

sajha
प्रकाशित मिति: १२ कार्तिक २०७७, बुधबार १०:११

—लोकनारायण सुवेदी

यतिबेला गूगलका बिरुद्ध अमेरिकाका ‘मोनोपोली’ को मुद्दा चलिरहेको छ । त्यसमा यस किसिमको कम्पनीहरुको चर्चा गर्नु त्यत्तिको अर्थ पनि रहेको छैन । जहाँसम्म गूगलको मुद्दा छ आजको हाम्रो यो संसारमा आज यस्तो एउटा पिढी नै उत्पन्न भएर जवान भइसकेको छ जुन गूगलको औंलो समातेर आजको इण्टरनेटको जमानामा पुगिसेको छ ।

धेरै मानिसहरुका लागि इण्टरनेट गूगलबाट शुरु हुन्छ, चाहे त्यो उससँग मोबाईल फोनबाट पुगेको होस् चाहे ल्यापटपबाट नै किन पुगेको नहोस् । त्यसो त अब गूगल कम्पनी केवल यी दुई  कुरामा मात्र सिमित छैन, त्यो त कारमा पनि पुगेको छ, टेलिभिजनमा पनि पुगेको छ । चाडै नै अब त्यो रेफ्रिजेरेटरमा पनि अनि वाशिङ्ग मेशिनामा पनि पुग्नेछ । हुन सक्छ कि केही समय पछि त्यो बिजुलीको बल्बमा पनि पुगिसक्नेछ । 

यो कम्पनीले २२ बर्ष पहिला एउटा मामोली लाग्ने सर्च वेभ साइटकासाथ इण्टरनेटको संसारमा कदम अघि बढाएको थियो । तर अहिलेसम्ममा यसले यस मैदानमा आएका ठूल्ठूला खेलाडीहरुको पैर उखेलिदिएको छ । आज इण्टरनेट, र खाशगरी सर्च इञ्जिनको ९० प्रतिशतभन्दा बढी कारोबारमाथि यसको कब्जा रहेको छ । सारा संसारले यसलाई बिद्यामान कालखण्डको एउटा बस्तुगत सच्चाईको रुपमा स्वीकार गरिसकेको छ  र यसका बारेका कसैले केही लेख्दै या बोल्दै गरेको भए पनि ठूलो आपत्ति कहिल्यै पनि भए गरिएको देखिएको छैन । अहिले आपत्ति भएको छ भने पनि यसको कारण गूगलको एकाधिकारलाई लिएर भएको होइन बरु के हो भने अब गूगल कम्पनी सम्पूर्ण बाटोहरु नै बन्द गर्न निस्केको  छ भनेर हो । जसले गर्दा अहिलेको अबस्थामा यसको कुनै प्रतिद्वन्द्वी बजारमा उत्रिन या निस्कन नै सकेन भनेर हो । कसैले यसका बिरुद्ध ताली ठोकोस्, यस्तो स्थिति नै गूगलले आउन दिएको छैन र दिन चाहँदैन । कयौं बर्षदेखि यसले सबै स्मार्ट फोन कम्पनीहरुमाथि आफ्नो सर्च इञ्जिनको निर्भरता थोपर्दै आएको छ । यसको अपबाद बस, एप्पलको आईफोन रहेको छ । अनि अब जब गूगलले मोटो रकमको बदलामा एप्पपललाई पनि यसका लागि राजी तुल्याइसकेको छ भने कतिपय स्तरमा त्यसको बिरोध पनि शुरु भइसकेको छ । विरोध मात्रै होइन, यो मामिला अब अमेरिकाको न्याय विभागमा नै पनि पुगिसकेको छ । जहाँ गूगलका बिरुद्ध एण्टी ट्रष्ट कानुन अनुसार मुद्दा चल्ने छ । हुन त यो मुद्दा चल्नुको पछाडि अर्को एउटा कारण पनि  गनाइदै छ कि चुनाबी लडाईमा नराम्रोसँग घेरिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक कम्पनीका पछाडि लिट्टी कसेर लागेका छन् । यो कुरा त उनले कयौं पटक भनिसकेका पनि छन् कि टेक कम्पनीहरु ऐनका बिरुद्ध छन् । हुन त यो मूल मामिला जत्तिको गम्भीर छ, ट्रम्पको बयानबाजीलाई त्यत्तिकै गम्भीररुपमा लिनुको अहिलेलाई खाशै कुनै अर्थ छैन भनिदैछ । 

अर्कोतर्फ, अहिलेदेखि नै यो कुरा मान्नुको कुनै अर्थ छैन कि गूगल कम्पनी पूर्ण रुपमा चारैतिरबाट घेरिइसकिएको छ । हो, यसका बिरुद्ध कारबाही हुने छ र फेरि इण्टरनेटको बजारमा प्रतिस्पद्र्धाको एउटा नयाँ युगको आरम्भ हुनेछ । यस्तै एउटा मुद्दा दुइ दशक पहिला माइक्रोसफ्टको बिरुद्ध पनि त्यतिबेला शुरु भएको थियो जब उसले ब्राउजरको बजारमा ‘नेटस्कोप नेभिगेटर’लाई मात दिनका लागि ‘अपरेटिङ्ग सिस्टम’माथिको आफ्नो एकाधिारको गलत फाइदा उठाउने कोशिश गरेको थियो । तर त्यो मुद्दा त्यत्तिको धेरै चलेन । न्याय बिभागले त्यसलाई छिनेर माइक्रोसफ्टलाई सस्तोमा छोडिदियो ।

अमेरिकाका लागि माइक्रोसफ्ट र गूगल केवल कारोबार मात्र होइनन्,ती त प्रबिधि(तक्निकीको दुनियाँ)को संसारमा अमेरिकी दबदबाको अत्यन्तै ठूलो प्रतिक पनि हुन् । जसलाई आज मानिसहरुले ती कम्पनीको एकाधिार भन्ने गर्दछन् तिनै बास्तवमा बिश्व बजारमा अमेरिकाको ठूलो कौशलको  माध्यमा पनि हुन् । भलै, सैद्धान्तिकरुपमा यो एकाधिकार धेरैजसो मानिसरुका लागि खराब लाग्दो होला र नैतिकरुपमा गलत पनि लाग्दो होला । अनि कतिपय अमेरिकी बुद्धिजीबीहरु, किनाराका कतिपय कार्यकर्ता समूह र स्वयं अमेरिकी बजारकै कतिपय छुटफुट खेलाडीहरु यस्ता एकाधिकारका बिरुद्ध कम्मर कसेर लागेका पनि होलान् तर अमेरिकी सत्ता शायदै कहिले पनि यो चाहदैन कि यो एकाधिकार पूरै किसिमले अन्त्य होस् । यो एकाधिकार कम हुुनु या ती कम्पनीहरु क्मजोर हुनु अमेरिकी कौशलताको जडमा नै खुँडा चलाउने काम हुन्छ भन्ने तिनले बुझेका छन् । यसकारण गूगलका बिरुद्ध चल्ने मुद्दा पनि ढिलो चाँडो त्यही पुग्ने या पुर्याइनेछ जहाँ कुनै बेला माइक्रोसफ्टको मुद्दा पुगेको थियो ।

यस सम्वन्धि खतरा जत्तिको दुइ दशक अघि थियो निश्चय नै अहिले त्यो धेरै गुणा बढेको छ । बीस बर्ष पहिला माइक्रोसफ्ट कम्पनी यदि कमजोर पनि हुन्थ्यो भने त्यतिबेला पनि त्यसको बिकल्प अमेरिकामा नै देखापर्ने थियो । तर आज भने यस कुराको कुनै सुनिश्चितता अर्थात् ग्यारेण्टी छैन। अज त त्यो बिकल्प त्यस चीनबाट पनि आउन सक्दछ जसबाट आजको अमेरिकालाई सबैभन्दा बढी डर लाग्ने गरेकोछ ।


१२ कार्तिक २०७७, बुधबार १०:११ मा प्रकाशित

 

Loading…