सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्यो

sajha
प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहीबार १२:२३

काठमाण्डाै –

सुनचाँदीको भाउ आज घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हाे ।

सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ घटेको छ ।

चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।


१३ कार्तिक २०७७, बिहीबार १२:२३ मा प्रकाशित

 

Loading…