समाजवादको शब्दमा अल्मलिएका नेपालका राजनीतिक पार्टीहरुबारे

sajha
प्रकाशित मिति: १९ कार्तिक २०७७, बुधबार १६:०४

 –प्रीति रमण

अहिले नेपालमा कम्युनिष्ट पार्टीको सरकार छ ।  कम्युनिष्ट पार्टीको शासन व्यवस्था समाजवाद उन्मुख हुन्छ भन्ने बुझ्नु कुनै गल्ती होइन जस्तो लाग्छ । तर सरकारको गतिविधि हेर्दा यो सरकारले समाजवादको बाटोमा  आपूmलाई पु¥याउला भनेर आशा गर्ने ठाउँ छैन । समाजबादको बाटो मै नहिडेपछि समाजवादमा पुग्ने आशा गर्न सकिदैन । समाजवाद एउटा यस्तो आर्थिक संरचना हो जँहा देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णयता  सरकारमा निहित हुन्छ । यस्तो आर्थिक राजनैतिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनेर मान्न र बुझ्न सकिन्छ । स्वामित्व भन्दा बित्तिकै वस्तुको उत्पादन नियन्त्रण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्वका पनि विविध प्रकारहरु  हुन्छन । जस्तै – साझा स्वामीत्व, सहकारी स्वामित्व,  प्रत्यक्ष  सार्वजनिक स्वामित्व र राज्यद्वारा संचालित राज्यको स्वामित्वका संस्थान आदि । हाल विश्वमा समाजवादी व्यवस्था भएका राष्ट्रहरु, चीन , क्युवा, भियतनाम, लाओस, उत्तरकोरिया लगायत छन् । यी सबै देशहरुमा कम्युनिष्ट पार्टीहरुको एकदलीय शासन व्यवस्था छ । कम्युनिष्ट पार्टीहरुको गन्तव्य नै  समाजवाद हुँदै साम्यवादसम्म पुग्ने भएकाले उनीहरु समाजवादी संरचनामा पुग्नकै लागि राजनीतिक  यात्रा शुरु गरेका हुन्छन् । 

नेपालमा संविधानसभाबाट बनेको नयाँ संविधानले प्रस्तावनामा लोकतान्त्रिक समाजवादप्रतिको प्रतिवद्धता जाहेर गरिएको छ । राज्यका नीति निर्देशक सिद्धान्तमा पनि समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ । यसरी हेर्दा नेपालमा समाजवादको आधार तय हुने प्रष्ट छ । नेपाली कांग्रेस सिद्धान्ततः  प्रजातान्त्रिक समाजवादी छदै थियो तर अहिलेको सत्ता सञ्चालक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि पार्टी एकीकरण हुँदा आफ्नो चुनावी  घोषणपत्रका धेरै ठाउँमा समाजवाद उन्मुख भनेर उल्लेख गरेको पाइन्छ । 

समाजमा  धनी र गरिव वर्ग रहेका हुन्छन् । यस्तो वर्गीय समाजमा द्वन्द हुनु स्वाभाविक हो । तर समाजवादमा धनी र गरिव बीचको विभेद अन्त्य गरिने परिकल्पना गरिन्छ । वर्गले नै राज्यको संरचना परिवर्तन गर्दछ  । वर्गको उत्पत्तिमा नीजि सम्पत्तिको भुमिका हुने हुँदा समाजवादको उद्देश्य निजी स्वामित्वलाई घटाउदै सार्वजनिक स्वामित्व बढाउदै लैजाने लक्ष्य रहेको हुन्छ । बजार अर्थतन्त्रले अत्तिरिक्त मुल्य र मुनाफालाई अपरिहार्य रुपमा स्वीकार गर्ने हुँदा समाजवादको अर्का उद्देश्य बजार माथि नियन्त्रण कायम गर्दै राज्य निर्देशित अर्थतन्त्र निर्माण गर्नु पनि हो । त्यसैले समाजवादमा हरेक वस्तुमा समान मुल्य निर्धारण भएको हुन्छ र उपभोक्ताहरु ठगिदैनन् भन्ने मान्यता पनि रहन्छ । राजनितिक प्रणलीका रुपमा प्रतिनिधिमुलक लोकतन्त्रले बुर्जुवा बर्चश्व स्थापित गर्ने हुँदा समाजवादको तेस्रो उद्देश्य सर्वहारावर्गको अधिनापकत्वको  सुनिश्चितता गर्दै कम्युन प्रणालीमा आधारित राजनीतिक प्रणालीको परिकल्पना पनि गरिएको हुन्छ । समाजवादमा योग्यता अनुसारको काम र काम अनुसारको दाम प्राप्त गर्ने अवसर सबैलाई दिने सोच बनाइएको हुन्छ । यस्तो अभ्यास चीन, उत्तरकोरिया, भियतमान र क्युवा जस्ता देशले गरिरहेका छन् ।

नेपाली कांग्रेसले भन्ने गरेको समाजवाद फरक किसिमको छ । यो समाजवादमा कम्युनिष्टहरुको जस्तो समाजवादी संरचनाको परिकल्पना गरिएको छैन । विपी कोइरालाले यस्तो खालको समाजवादको परिकल्पना गरेका हुन । कम्युनिष्ट समाजवाद र प्रजातान्त्रिक समाजवादको आर्थिक निती खासै फरक नहुने तर राजनीतिक प्रणाली भने लोकतान्त्रिक हुने दावी विपी कोइरालाको रहेको छ । 

२० औं शताब्दीमा तीनवटा दर्शन निकै चर्चामा रहे पुँजीवाद, समाजवाद र साम्यवाद । सामाजिक, आर्थिक र राजनीतिक विचारधारामा आधारित चिन्तन यी तिनवटै वादमा रहेको छ । संसारका विभिन्न देशले अलग–अलग तरिकाले यी वादहरुको व्याख्या र विश्लेषण गर्दै लागू आएका छन् । 

पूजीवादको विकास भोलिको लागि सञ्चय गरिने प्रवृत्तिसँगै भएको पाइन्छ । पूजीवादी राज्य व्यवस्थामा अर्थतन्त्र सरकारको अधीनमा हुँदैन, व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ वा त्यो मालिकले कसरी व्यापार गर्ने, त्यो उसलाई छुट हुन्छ । जस्तो अहिलेको नेपालको अवस्था छ । राजनीतिक, सामाजिक र आर्थिक प्रणाली उत्पादन र बजार प्रणालीको माध्यम निजी स्वामित्वमा आधारित हुन्छ । यो नाफाको दृष्टिले परिचालित हुन्छ । पुँजीवादी व्यवस्थामा बजारलाई प्रतिस्पर्धामा जोडिएको हुन्छ । कुनै पनि व्यक्तिले वस्तु खरिद गर्न र बेच्न पनि सक्छ । पुँजीवादलाई नाफामा घ्यान दिने व्यवस्था पनि भन्न सकिन्छ । यो व्यवस्थामा मजदुर धैरै हुन्छन् । मालिक भने कम हुन्छन् । मालिक र मजदुरको द्वन्द जहिले पनि भइरहन्छ । मालिकले पुजी सञ्चय गर्छ भने मजदुरले मालिकको लागि काम गरेर दुई छाक खाना खाने बन्दोबस्तीका लागि पारिश्रमिक प्राप्त गर्छ । त्यसैले यो व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाको परिकल्पना धेरै देशहरुले गरिरहेका छन् । नेपालमा समाजवादको परिकल्पना गरिएको हुन सक्दछ ।  

नेपालमा समाजवादको स्थापनाका लागि नयाँ राजनीतिक पार्टीको उदय भएको छ । जनता समाजवादी पार्टीको नामले उदय भएको यो पार्टीमा नेपालको  तराईं, मधेश र हिमालका नेताहरु सम्मिलित छन् । त्यसैले यो पार्टी आम नेपालीको साझा पार्टीको रुपमा देखा परेको छ । यस पार्टीले पनि नयाँ ढंगले समाजवादलाई पछ्याएको छ । यस पार्टीले राज्य सत्तामा आफ्नो पकड जमाउन सक्यो भने निश्चय पनि समाजवादी अर्थ व्यवस्थाको अभ्यासमा नेपालले प्रवेश गर्ने आशा जागेको छ । –जनधारणाा साप्ताहिकबाट


१९ कार्तिक २०७७, बुधबार १६:०४ मा प्रकाशित

 

Loading…