सुनको भाउ तोलामा सय रुपैयाँ घट्यो

sajha
प्रकाशित मिति: २० कार्तिक २०७७, बिहीबार १६:०४

काठमाण्डाै –

सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो तोलामा एक सय रुपैयाँ बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज ५ रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।


२० कार्तिक २०७७, बिहीबार १६:०४ मा प्रकाशित

 

Loading…