प्रधानमन्त्री भोलि संखुवासभाको किमाथाङ्का जाँदै

sajha
प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलवार १५:१४

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली भोली ( बुधवार ) संखुवासभाको चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाने तयारी भएको छ । प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जाने तयारी भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली उपत्यकाभित्रका कार्यक्रमहरुमा सहभागी हुँदै आए पनि राजधानी बाहिर भने गएका छैनन् ।

कात्तिक २३ गते वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य गजबले सुधार भएको बताएका थिए ।


२५ कार्तिक २०७७, मंगलवार १५:१४ मा प्रकाशित

 

Loading…