कपिलबस्तुलाई फलफूलको हव बनाइनेः मन्त्री पौडेल

sajha
प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहीबार २०:३६

नारद कोहार
कपिलबस्तु, कार्तिक २
कपिलबस्तुलाई तराईमा पाइने फलफुलको हब बनाईने लुम्बिनी प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले बताएकी छन् । प्रदेशका विभिन्न जिल्लामा किसानको समस्या, गुनासो बुझ्ने क्रममा कपिलबस्तु पुगेकी मन्त्री पौडेलले पत्रकार संगको कुरा गर्दै सो कुरा बताएकी हुन् ।
साथै मन्त्री पौडेलले उत्पादन तथा विक्रिको आधारमा कृषकलाई अनुदान दिने बताएकी छन् । महा उत्पादन गर्ने किसानले उत्पादन गरेर विक्रि गरेपछि प्रति केजी २५ रुपया अनुदान पाउने, हामीले ठाँउ ठाँउमा संकलन केन्द्रको निर्माण गर्ने छौ, अभिलेखको आधारमा अनुदान दिने मन्त्री पौडेलले बताइन् । साथै बाख्रा पाल्ने किसानले प्रति के जी २५ रुपया अनुदान पाउने लगायत विउ उत्पादन गर्ने किसानको हरेक सामुदायमा उत्पादनको आधारमा अनुदान दिइने बताइन् ।
‘करार खेतीका लागि सरकार आफैँले जग्गा दिन्छ, १ वर्षको पैसा प्रदेश सरकारले तिर्नेछ, त्यसपछि दोस्रो वर्ष ५० प्रतिशत किसान आफैले तिर्ने र तेस्रो वर्ष किसान आफैँले २५ प्रतिशत तिर्ने छन्,’ मन्त्री पौडेलले भनिन् ।
उनले जग्गा भएको, तर सबै विदेशमा र सहरी क्षेत्रमा भएर जग्गा बाजै राख्न बाध्य भएका जग्गा धनीहरुलाई आफ्नो जग्गा प्रदेश सरकारलाई लिजमा दिन समेत आग्रह गरिन् ।
यसरी किसानलाई व्यवसायिक खेतीमा लैजान सकिने र उनीहरुलाई कृषि क्षेत्रबाटै माथि उठाउन सकिने मन्त्री पौडेलले बताइन् ।
उनले कृषि क्षेत्रलाई सम्मानको पेशाको रुपमा कसैले नहेर्ने हुँदा नेपालमा कृषिमा उन्नमुख हुन नसकेको र केहीले आफ्नो जिविकोपार्जनका लागि मात्र खेती गर्ने गरेको बताइन् ।
अनुगमानका क्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार के सी., भेटीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका प्रमुख दीपक भुसाल लगायतको उपस्थिति रहेको थियो ।


२७ कार्तिक २०७७, बिहीबार २०:३६ मा प्रकाशित

 

Loading…