अवैधरुपमा ल्याईरहेको कपडा र औषधी बरामद

sajha
प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार १४:४६

कपिलवस्तु, मंसिर ३ ।
कपिलवस्तुको चोर नाका हुदै अवैधरुपमा बोर्डर छलि नेपाल ल्याईरहेको कपडा र औषधी बरामद भएको छ । व्यापारीहरुले चोरबाटो हुँदै ठूलो मात्रामा कपडा र औषधी भित्र्याउँदा सिमा नाकामा गस्ती गर्ने प्रहरीलाई निकै चुनौति थापएिको हो ।
प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डर भएकोले चोर बाटो हुदै बिना भन्सारको बिभिन्न किसिमको समान भित्रि रहेका छन । प्रहरी प्रशासनले विशेष सुरक्षा योजना लागू गरेता पनि सीमानाकाको चोरबाटो हुँदै व्यापारीहरुले कपडा लत्ता औषधी जिल्लामा भित्र्याइरहेका छन् । सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष चेकजाँच गरेतापनि खुला सिमानाको फाइदा उठाउँदै यतिबेला व्यापारीहरुले खाद्य वस्तु नेपाल भित्र्याइरहेका हुन् । विशेषगरी कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएको छ ।
सशस्त्र प्रहरीको बि ओ पी डगंरीका ईन्चार्जको नेतृत्वमा एक लाख २५ हजार रुपैयाँ भन्दा बढी मूल्यका औषधी, कपडा, मटर कोशा र खैनी बरामद गरि सुठौली भन्सार कार्यालयकामा चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखले जनाए । सिमा नाकाबाट चोरी गरि खाद्य पदार्थ नेपाल भित्रिँदा सुरक्षाकर्मीहरुलाई चुनौती थपिएको भएपनि कुनै पनि हालतमा चोरी नाकाबाट बिना भन्सारको सामाग्री नेपालमा भित्र्याउन नदिने सिखले जनाए ।


३ मंसिर २०७७, बुधबार १४:४६ मा प्रकाशित

 

Loading…