बी.ओ.पि. भिल्मीद्वारा सरसफाइ कार्यक्रम संपन्न

sajha
प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार १३:३४

प्रतिमा विश्वकर्मा
कपिलबस्तु (कृष्णनगर), मंसिर ०६
कपिलवस्तुको कृष्णनगर नगरपालिका अंतर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भिल्मीलेखसरसफाइ कार्यक्रम संपन्न गरेको छ । कृष्णनगर नगरपालिकाको वार्ड न.६ भिल्मी चौकमा प्रहरी, युवा, समाजसेबि, शिक्षक, विद्यार्थी, पत्रकार लगायतले झाडू लगाएर फोहोरलाइ एक ठाउमा एकत्रित गरि जलायेर नष्ट गरि सो सरसफाइ कार्यक्रमलाइ सफल पारिएको हो ।
बि.ओ.पि.भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलले कार्यक्रममा बोल्दै कोरोनाको महामारीबाट बच्न हामी सबैले आफ्नो घर आगन, टोल छिमेक, बाटो सधै सफा राख्नु पर्छ् भन्ने सन्देस दिनुभयो ।
उक्त सरसफाइ कार्यक्रममा सशत्र प्रहरी बल भिल्मी, नेपाल प्रहरी बल भिल्मीका प्रहरी निरीक्षक कमल प्रसाद बगाले लगायतको सम्पूर्ण टीम, भिल्मी, समाजसेबि, युवा, शिक्षक, विधार्थी, जनप्रतिनिध,पत्रकार लगायतको उपास्थिति रहेको थियो ।


६ मंसिर २०७७, शनिबार १३:३४ मा प्रकाशित

 

Loading…